स्वास्थ्य तथा सरसफाई सामाग्री सहयोग – Dastabej

स्वास्थ्य तथा सरसफाई सामाग्री सहयोग


  • दस्तावेज

  • बाँके जिल्लामा कोरोना संक्रमणको संभावित तेस्रो लहरको तयारीको लागि युकेएडको आर्थिक सहयोग तथा सेभ द चिल्ड्रेनको कन्र्सोटियम र केयर नेपालको साझेदारीमा भेरी बाताबरणीय बिशिष्ठता समुह (बि–ग्रुप)ले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई स्वास्थ्य तथा सरसफाई सामाग्री उपलब्ध गराएको छ ।
    बि–ग्रुपका सचिव टेकबहादुर पुनले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई १३ लाख ३३ हजार २ सय ३९ बराबरको पिपिई सेट, डेडबडी ब्याग, फेशशिल्ड, पल्स अक्सिमिटर, सेनिटाईजर,सर्जिकल ग्लोब, सर्जिकल मास्क, ग्लोब्स, भिटिएम लगायतका सामाग्री हस्तान्त्रण गरिएको छ ।
    सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले सबै संस्थाको सहयोगले मात्र विपदको सामना गर्न सकिने भएकोले सहयोग निरन्तरता संगै सहकार्य जारी राख्न आग्रह गरे । उनले संभावित तेस्रो लहरको तयारी बाँके जिल्लामा सुरु भै सकेको बताए ।
    सो अबसरमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्ट, शाखा अधिकृत रामकुमार सोनकर, विपद प्रतिकार्य सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, बि–ग्रुपका निर्देशक डम्बर सुनारलगायतको उपस्थिति रहेको थियो । त्यसै गरि खजुरा गाउँपालिका, नेपालगन्ज उपमहानगरपालिका, राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका र बैजनाथ गाउँपालिकालाई पनि पिपिई सेट, फेशशिल्ड, पल्स अक्सिमिटर, सेनिटाईजर,सर्जिकल ग्लोब, सर्जिकल मास्क, ग्लोब्स, भिटिएम लगायतका सामाग्री हस्तान्त्रण गरिएको छ ।

  • १७ असार २०७८, बिहीबार २३:४१ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ४. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ५. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ६. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ७. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ