कोरोना महामारीमा गर्भवती र शिशुको मृत्यु बढ्यो – Dastabej

कोरोना महामारीमा गर्भवती र शिशुको मृत्यु बढ्यो


  • दस्तावेज

  • नेपालगन्ज । ३३ हप्ताको गर्भको बच्चा पेटमा नचलेपछि २५ वर्षीया रिना रैदास प्रस्तुतीका लागि भेरी अस्पताल नेपालगन्जमा पुगिन् । नेपालगन्जबाट मुस्किलले चार किलो मिटर दक्षिण पश्चिमा जोगागाउँ छ । जानकी गाउपालिका १ की उनी बैशख ३० गते अन्ततः अस्पतालमै मृत शिशु जन्माईन । बैशाख दोस्रो साता कर्णाली प्रदेश हुम्लाकी ३० बर्षीया गर्भवतीले हुम्लाको स्वास्थ्य चौकीमा बच्चा जन्माइन् । प्रस्तुती हुँदा साल अडकिदा उनलाइ उपचारका लागि बाजुरा लगिाउे । त्यहाँको स्वास्थ्य चौकीले साल निकाल्न नसक्दा भेरी अस्पतालमा ल्याइयो । अस्पताल नपुग्दै उनको ज्यान गयो । उनले शिशुलाइ जन्म दिइन् तर आफु बाच्न सकिनन् । परिवारले बच्चा पाल्न नसक्ने भन्दै एउटा आश्रममा छाडेर गए । बिपन्न समुदायका ति महिलाकी छैठोे सन्तान थिइन् ।

    गत वर्षदेखि सुरु भएको कोरोनोको महामारीमा दर्जनौ आमा र शिशुले ज्यान गुमाउनु परेको छ । कोरोनाको महामारीका कारण अस्पताल आउन ढिलाई गर्दा मातृ मृत्यु दर बढेको हो । ‘गत वर्ष कोरोना सुरु भएपछि तीन महिना ११ आमाको ज्यान गुमाए । अहिले पनि अवस्था त्यस्तै छ,’ जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले भने,‘कोरोनामा सुत्केरी र शिशुहरु असुरक्षित भएको देखिन्छ । उनले कोरोनाका कारण सकेसम्म घरमै प्रसुती हुन खोज्ने बढेको जनाए । तर स्वास्थ्य अवस्था जटिल बनेपछि मात्रै अस्पताल ल्याउने गरिएकाले मृत्यु बढी भएको अनुमान छ । कोरोना महामारी कै कारण गत वर्षभन्दा चालु आर्थिक वर्षमा २० प्रतिशत गर्भवतीहरु घरमै सुत्केरी हुन थालेका छन् । त्यस्तै प्रसुती हुन नसकेर अन्तिम अवस्थामा पुग्ने गरेका कारणले पनि सुत्केरी मृत्यु बढेको हो ।

    त्यस्तै बैशाखको दोसौ साता क्षारे रोगले पीडित बर्दियाकी ३२ बर्षीया गर्भवती अन्तिम अवस्थामा अस्पताल पुगिन । शल्यक्रिया गरेर शिशु निकालियो । लामो समयको सुत्केरी ब्यथाले च्यापेपछि उनलाइ बचाउन सकिएन् । एक साताअघि ६ महिनाको गर्भवति कोरोना संक्रमणका कारण ज्यान गुमाईन । भेरी अस्पतालकी स्टाफ नर्स प्रतिमा पराजुलिका अनुसार प्रसुतिका लागि भेरी अस्पताल आएकाहरु प्राय गरेर ढिला गरी आएका कारण बच्चाले आमाको पेटमै दिशा खाईसकेको, पेट भित्रै बच्चा मरिसकेको, अत्याधिक रगत बग्ने, रगतको कमी हुने, ब्यथा लामो हुनाले आमा र बच्चाको स्वास्थ्यमा गंम्भिर असर पर्ने गरेको पाईएको छ ।

    बैशाख महिना भरमा मात्रै यस्तो समस्याले १४ बच्चाको मृत्यु भएकोे छ । अस्पतालमा बैशाख भरी १ सय ६० जनाको सुत्केरी गराइएकोमा १४ जना गर्भवतिको शिशु गर्भमै मृत्यु भएको छ । कोरोना सक्रमणको त्रास र समयमा स्वाथ्य परिक्षण नगर्द गर्भमै शिशुको मृत्यु भएको हो । भेरी अस्पतालमा बैशाखको पहिलो साता सघन कक्ष समेत बन्द गरिएको थियो । दिन कटेका, अक्सीजन लेभल कम महिलाको शिशु मृत अवस्थामा जन्मीएको अस्पतालले जनाएको छ ।

    गत आर्थिक बर्षको अन्त असार साउन महिनामा मातृशिशु मृत्युदर उच्च थियो । कारण खोज्दै जाँदा गर्भवतीको नियमित गर्भवती जाँच नगराउनु, ढिला अस्पताल आउने मुख्य समस्याको रुपमा देखिएको थियो । गत बर्षको असार, सावन भदौमा ११ सुत्केरीको मृत्यु र्भको थियो । कोरोना संक्रमणको बढ्दो त्रास र निषेधाज्ञाले गर्दा स्वास्थ्य संस्था पुगेर सेवा लिने गर्भवती तथा सुत्केरीको संख्यामा कमी आएको छ । पेटमा पानी कम भएको , सुत्केरी ब्यथाले च्यापेका ,पेटमै दिसा खाएका बच्चाहरु मृत अवस्थामा जन्मीएको भेरी अस्पताल नेपालगन्जकी अस्पताल नर्सि¨ निरीक्षक बसुन्धारा ज्ञवालीले सुनाइन् ।

    ‘महिनामा चारसय सुत्केरी गराइन्थ्यौ । अस्पताल आएर सुत्केरी हुने महिलाको संख्यामा समेत कमी देखिया,े’ उनले भनिन्,‘गर्भवतीहरु अस्पताल आउनै डराए । अस्पताल ढिलो आउने, स्वास्थ्य परीक्षण नगराएका गर्भवतीले मृत बच्चा जन्माएको पाइयो ।’

    बैशाखभरी अस्पतालमा ११ जना कोरोना सक्रमित महिलाले बच्चा जन्माएका छन् । जसमा २ गर्भवतिको शल्यक्रिया गरी बच्चा जन्माइएको छ । भेरीमा लुम्बिनी, कर्णाली र सुदुरपश्भिम प्रदेशबाट सुत्केरी गराउन गर्भवती आउने गछैन । अस्पतालको प्रस्तुती वार्डमा ११ जना स्वास्थ्यकर्मी कार्यरत छन् । कोरोना कहरका बिचमा पनि भेरी अस्पताले नियमित सुत्केरी सेवा प्रदान गर्दै आएको छ । कोरोना कहरको दोश्रो चरणमा भेरी अस्पतालले २ सय १५ जनालाई सुत्केरी सेवा दिएको अस्पताले जनाएको छ । प्रसुती सेवाको सन्दर्भमा भेरी अस्पतालले कोरोना संक्रमतिहरुलाई छुट्याएर सुबिधा दिएको छ । सामान्य अवस्थामा भेरी अस्पतालमा बार्षिक ६ हजार देखि ७ हजारसम्म सुत्केरी हुन आउने गरेकोमा कोरोना संक्रमण पछि बार्षिय झण्डै चार हजारको हाराहारीमा आउने गरेको अस्पतालको रेकर्डबाट देखिएको छ । भेरी अस्पतालमा बैशाख महिनामा १६० र जष्ेठ ११ गतेसम्म ५४ गरि २१५ जनालाई सुत्केरी सेवा दिईएको अस्पतालको रेकर्डबाट देखिएको छ । यो अवधीमा शाल्यक्रिया गरी ४१ जनालाई प्रसुती सेवा दिइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश बहादुर थापाले बताए । दोश्रो चरणको कोरोना संक्रमण फैलिएसंगै भेरीमा कोरोना बिरामीको उपचार मात्रै हुने गरेको छ । भेरीमा गए कोरोना सर्छ भन्ने गलत हल्लाका कारण पहिलेको तुलनामा सुत्केरी सेवा लिन आउने संख्यामा केही कमी आएता पनि गुणस्तरिय सेवा उपलब्ध गराउदै आएकोअस्पताले जनाएको छ ।

    कोरोना संक्रमणका कारण प्रसुती सेवा प्रवाहमा असर परेकोले पालिका स्तरमा रहेका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालहरुले मातृशिशु मृत्युदर नियन्त्रण गरि सहज तरिकाले सुत्केरी सेवा पाउने वातावरण मिलाउन पर्ने देखिएको छ ।

    सरकारले मातृ तथा शिशु मृतु घटाउन बाँकेमा बिशेष कार्यक्रम सन्चालन गर्दै आएको छ । स्वास्थ्य कार्यालयका अनुसार पहिलो वा दोस्रो पल्ट गर्भवती परिक्षण गराएर महिलाले बिचमै छाड्ने गरेको पाइएको छ । कोरोनाका कारणले पनि कमै सर्वसाधारणहरु स्वास्थ्य केन्द्र पुग्ने गरेका छन् । जिल्लामा तीन प्राथमिक स्वास्थ्य केन्द्र र ४४ वटा स्वास्थ्य चौकी छन् । स्वास्थ्य चौकीहरुमा प्रसुती केन्द्र बनाइएका छन् । स्वास्थ्य केन्द्रको सम्पर्कमा रहेका गर्भवती महिलालाई समयमै सुत्केरीका लागि अस्पताल पठाउन निर्देशन गरिएको छ ।

    नेपालगंन्ज उपमहानगरपालिका २० मनिकापुर स्वास्थ्य केन्द्रमा १८ जना लाइ सुत्केरी सेवा लिएका छन् । बर्थिग सेन्टरकी अनमी आशा सार्किले १८ गभवती महिला मध्येमा ७० प्रतिशत शिशुले पेटमै दिसा खाएको अवस्थमा आएको बताईन । ‘कोरोनाको डरले महिलाहरु स्वास्थ्य चौकी समेत ढिलो आउदा बच्चा र आमालाइ जोखीम भएको देखियो,’ उनले भनिन् ।

     

  • १८ असार २०७८, शुक्रबार १२:४० प्रकाशित

  • Nabintech
  • १. डुडुवा खोलामा पौडी खेल्ने क्रममा बाँके नेपालगन्जका तीन युवाको मृत्यु
  • २. टोकियो ओलम्पिकः जुडोमा बाँकेकी सोनिया रुसकी इरिनासंग भिड्डै, जित सोनिया जित
  • ३. नेपालगन्ज मेडिकल कलेजको डेढ अर्बको शेयर किन्ने सुनिल शर्मा को हुन ?
  • ४. मजुदरी गर्न महिलाहरुद्धारा दैनिक ४० किमी साईकिलिङ
  • ५. कोहलपुरमा ८२ बर्षीया बृद्ध महिलाको हत्या घटना,प्रहरी अनुसन्धानले भन्छः ‘बदला लिन’
  • ६. नेपालगन्ज नाका भएर भारत पसेका साढे तीन सय महिला हराए
  • ७. दिलवाले नेपालगन्जः जसले सल्यानी र दैलेखीलाई मुटुमै सजाएर राख्यौ