नेपालगन्ज । बाँकेमा खटाइएका सादा पोशाकका (घुमुवा) नेपाल प्रहरी हटाइएको छ । बाँकेको प्रहरी प्रमुख भएर आएका श्यामकृष्ण अधिकारीले सादा पोशाकका प्रहरी हटाएका हुन । बाँकेलाई प्रमुख प्राथमिकतामा पार्दै प्रदेश प्रहरी प्रमुख डिआईजी, एसएसपी, एसपी, डिएसपीका छुट्छुट्टै घुमुवा प्रहरी खटाइएका थिए । नेपालगन्ज भारतसंगको प्रमुख नाका भएका कारण नेपाल प्रहरी मात्रै होईन नेपाली सेना, सशस्त्र प्रहरीका सुराकीहरु सादा पोशाकमा खटाईने गरिएको छ । खासमा अपराधसंग सम्बन्धि सूचना संकलन गर्न सादा पोशाकका सुरक्षाकर्मीहरु खटिने गरेका हुन । तर त्यसको दुरुपयोग पनि उस्तै छ । नेपाल प्रहरीका ३० जना सादा पोशाकमा खटिएका थिए । सबैलाई तत्काल हटाइएको छ, एसपी अधिकारीले भने, आवश्यक परेको बेला फेरि पनि सादा पोशाकका प्रहरी खटाउन सकिन्छ । डिआईजी, एसएसपीले ेनेपालगन्ज नाकामा सुराकी खटाउने प्रचलन लामो समयदेखि चल्दै आएको छ । खासमा नाकामा सूचना संकलनभन्दा पनि व्यक्तिगत फाईदाका लागि सादा पोशाकका प्रहरी खटाइएको भन्दै आलोचला हुने गरेको छ ।