तस्बिरको क्याप्शन,
दाङको राजपुर गाउापालिकाकी उपध्यक्षले धनपतिदेवी यादव भन्छिन्- प्रमुखले मनोमानी गर्न खोज्छन् तर म मान्दिन, सभामा जाँदै जान्न, मैले भनेको जस्तो भयो भने मात्र सभा सञ्चालन गर्छु
“महिला भएकै कारण” आफूहरूले कानुनले दिएको अधिकार पनि उपयोग गर्न नपाएको धेरैको गुनासो छ। तर स्थानीय तहका प्रतिनिधि सम्बद्ध छाता संस्थाका कतिपय पदाधिकारी भने यस्तो गुनासो “धेरै ठाउँमा राजनीतिबाट प्रेरित हुने गरेको” बताउँछन्।उनीहरूका भनाइमा एउटै पार्टीका फरक गुट वा फरक-फरक पार्टीबाट चुनिएका प्रमुख र उप-प्रमुख हुँदा धेरै स्थानमा समस्या देखिएको छ।अहिले आगामी आर्थिक वर्षका लागि अधिकांश स्थानीय तहले नगर वा गाउँ सभाबाट बजेट पारित गरिसकेका छन्।केहीमा भने अझै बजेट पारित हुन बाँकी रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
‘अधिकारमाथि हस्तक्षेप’


कानुनी व्यवस्था
सङ्घ, प्रदेश र स्थानीय तहका काम, कर्तव्य र जिम्मेवारी फरक छन्। पालिकाहरूमा बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक उप-प्रमुख हुने व्यवस्था छ।उनीहरूले छलफलपछि ल्याएका कार्यक्रमलाई कार्यपालिकाको बैठक र पालिका सभाबाट पारित गर्नुपर्ने व्यवस्था छ। तर पदाधिकारीहरूमध्ये बहुमत पुरुष हुँदा महिलामैत्री महत्त्वपूर्ण योजनाहरू पारित नगरिने र योजनाबाट हटाइने गरेको गुनासो उपप्रमुखहरूको छ। दाङको बङ्लाचुली गाउँपालिकाकी उपाध्यक्ष यमुना थापामगर भन्छिन्, ”मैले त धेरै सङ्घर्ष गरेँ, पहिलेकोभन्दा अहिले धेरै राम्रो भएको छ।””संविधानले हामी महिलालाई अधिकार दिएर मात्र पुग्दैन कार्यान्वयनका लागि सहज वातावरण पनि बनाइदिनु पर्छ।”स्थानीय तहमा उप-प्रमुखले बजेट प्रस्तुत गर्छन्। बजेट बनाउँदा उप प्रमुखलाई संस्थागत रूपमा सहयोग गर्न आवश्यक रहेको नेपालगञ्ज उपमहानगरपालिकाकी उप-मेयर उमा थापामगर बताउँछिन्। उनले भनिन्, ”कतिपय ठाउँमा उप-प्रमुख पढेलेखेको हुनुहुन्न, उहाँहरूलाई बजेट बनाउन आउँदैन अरूलाई बनाउने जिम्मा दिनुपर्छ, बजेट भाषण गर्न पनि आउँदैन, त्यो पनि समस्या हो।”उनी उप-प्रमुखहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता देख्छिन्।संविधानमा प्रमुख र उप-प्रमुखमध्ये एकजना अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरेको छ।तर दलहरूले महिलाको नेतृत्व स्विकार्न नसकेरै महिलाहरूलाई उप-प्रमुखको जिम्मेवारीमा खुम्च्याएर राखेको थापामगरको भनाइ छ।उनी भन्छिन्, “उपप्रमुख भनेको महिला मात्र नभइ एउटा पद हो र यो पदलाई सबैले सशक्त रूपमा स्वीकार गर्न सक्नुपर्छ।””बजेट तर्जुमा भनेको उप-प्रमुख हो, उप-प्रमुख भनेको महिला हो, महिलाले के नै गर्न सक्छन् र? भन्ने खालको सोच लिइरहँदा समस्या भएको हो, यो सोच जबसम्म हटाउँदैनौँ तबसम्म क्षमतावान् महिला पनि त्यसैमा पिल्सिनुपर्ने बाध्यात्मक अवस्था कायमै रहन्छ।”
फरक मत
धेरै उप-प्रमुखहरूले आफूहरू भूमिकाविहीन बनेको गुनासो गरे पनि कतिपयले चाहिँ आफूले भूमिका निभाउन कुनै रोक तोक सामना गर्नु नपरेको बताएका छन्।दाङको तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर माया शर्मा आफूले मेयरको जत्तिकै भूमिका निभाइरहेको बताउँछिन्।उनले भनिन्, ”मेयरले पनि समय समयमा आफ्नो जिम्मेवारी समेत मलाई नै थपिदिनु हुन्छ।”कार्यालयको कामका क्रममा मेयर धेरैजसो देश-विदेश गइरहने बताउँदै उनले कार्यवाहक मेयरको जिम्मेवारी आफूले सम्हाल्दै आएको बताइन्। ”बाहिर नहिँडेर ठूला योजनाहरू आउँदैनन्। मेयर काठमाण्डू गइरहनु हुन्छ, म नहुँदा कुनै वडाध्यक्षलाई नत्र त मलाइ नै कार्यवाहकको जिम्मेवारी दिने गर्नु भएको छ।”यद्यपि कानुनी रूपमै प्रमुख नभएको बेलामा उप-प्रमुखले प्रमुखको जिम्मेवारी लिनुपर्ने व्यवस्था गरिएको छ।सरकारी विवरणअनुसार देशका ७ सय ५० भन्दा बढी स्थानीय तहमा चुनिएका पदाधिकारीमध्ये करिब ४० प्रतिशत महिला रहेका छन्।

‘अवस्था अनुसार फरक’
तर स्थानीय तहका जनप्रतिनिधि सम्बद्ध संस्थाका कतिपय पदाधिकारीहरू चाहिँ अधिकांश स्थानमा त्यस्तो समस्या रहेको भन्ने गुनासोलाई अस्वीकार गर्छन्।गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष एवम् सिन्धुपाल्चोक गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ भन्छन्, “अवस्था अनुसार फरक फरक छ। कतिपय स्थानमा अन्तर्विरोध पनि छन्। राजनीतिक दल पृथक भएको वा एउटै दलको पनि बुझाइ फरक भएका पदाधिकारी भएकाले पनि समस्या देखिएको छ।”उनका भनाइमा “आम नेपालीको स्वभाव आफ्नो काम नगर्ने वा नदेख्ने तर अरूको कामप्रति गुनासो गर्ने” भएकाले पनि यस्तो अवस्था देखा परेको हो।उनका भनाइमा कैयौँ पालिकाहरूमा प्रमुख र उप-प्रखमुखबीच देखिएका मनमुटाबहरू व्यक्तिगत वा राजनीति प्रेरित पनि छन्। BBC बाट