बाँके । बैजनाथ गाउँपालिका वडा न. ८ का वडाध्यक्ष भग्गन थारु समुदायमा छुट्टै पहिचान भएका छन् । उनले समाजसेवा गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन । ५ दाजुभाइ मध्ये कान्छो भाइको रुपमा २०२६ सालमा टिटिहिरियामा जन्मेका उनको पहिलो पेशा भने कृषि थियो । राजनीतिक क्षेत्रमा प्रवेश गर्नु भन्दा पहिला थारु समुदायको हकहिमा आवाज उठाउँथे । त्यस्का साथै बरघरका रुपमा परिचित भए । ग्रामु बिकास उत्थान समिति टिटिहिरियाका अध्यक्ष समेत भए त्यसपछि नेरामा बिद्यालय टिटिहिरियाका विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष भएर ३ अवधि सम्म काम गरिसकेका छन् ।
वडावासीहरुको लागि समस्यामा परेका हरुका लागि सहयोग गर्ने बानीले उनको लोकप्रियता बढेको हो । हाल उनी वडावासीहरुको मन जित्न सफल भएका छन् । स्थानीयवासी बिश्वास , साथ सहयोग र अमुल्य मतले २०७४ सालमा वडा अध्यक्षमा निर्वाचित भएका हुन । चुनावको समयमा स्थानीयवासीहरुसंग गरिएका वाचाहरु पूरा गर्दै आएको उनले उनले जनाए । टिटिहिरिया दह , बैजनाथ ८ देखि खजुरा ८ जोड्ने सडक निर्माण , टिटिहिरिया शिव मन्दिर देखि गुरदालपुर सम्म जाने पिच बाटो , झिंगौरा देखि करैनिभगरा जाने बाटो पिच , टिटिहिरिया गाउन थपवा गाउँ जाने नयाँ बाटो निर्माण , बाँके बर्दिया जोड्ने मानखोलामा झोलुङ्गे पुल निर्माण , करैनिभगरामा भगवा नाला निर्माण , जेठिनाला झिंगौरा गाउँका लागि सिचाइ बाध निर्माण , ग्राभेल , चादनी चोक देखि सिमलघारी जोड्ने रिङरोड पिच मर्मत जस्ता बिकास निर्माणका कामहरु गर्न सफल भएका छन् । स्थानीयवासीहरुका लागि कोरोना कहरमा औषधि उपचार , राहत बितरण, तथा आइसुलेसन निर्माण , हसनपुर भगवती माबि।मा चार कोठे भवन निर्माण , किसान हरुका लागि सानो ट्युबवेल , समर्शल मोटर समेत बितरण गरिएको अध्यक्ष थारुले जानकारी दिए । सुमानुन मदरसामा भवन निर्माण गरिएको छ । लक्षित बर्ग दलित , अपांगता भएका बाख्रा बितरण तथा जनजाति हरुको लागि बङगुरको पाठा समेत वितरण गरिएको हो । कोरोना प्रभावित परिवारलाई तरकारी खेतिका लागि प्रोत्साहन स्वरुप २०।२० हजार रकम समेत वितरण गरिएको उनले जनाए ।
२०७७।७८ मा ४५ लाख बजेट बिनियोजन गरिएको थियो । नयाँ आर्थिक वर्षका लागि ६२ लाख ७७ हजार ६ सय रुपैयाँको बजेट प्रस्तावित गरिएको अध्यक्ष थारुले जानकारी दिए ।