नेपालगन्ज । सूचना संकलक प्रहरीलाई एक साताअघि जानकारी थियो । तर एक सातापछि शनिबारमात्रै छापा मारियो । बजार मुल्य १५ लाख तर प्रहरीको मुल्य ८ लाख समान बरामद गरिएको छ । अखिर एक सातापछि किन छापा मारियो त ? कुरा चलेकै हो । प्रहरी अधिकारीलाई पानी जानकारी थियो, कुरा मिलेन । छापा मारियो, स्रोतले भन्यो । केही दिन सूचना संकलनकर्ता प्रहरीले अबैध समान राखिएको घटना बारे प्रहरी अधिकारीलाई जानकारी गराएका थिएनन् । अबैधरुपमा भारतबाट समान ल्याउने मोनु कवडियाले अटेर गरेपछि छापा परेको हो ।
शनिबार दिउसोको समयमा नेपालगन्ज उपमहानगरपालिका ७ स्थित अबैध भन्सार छलिको सामान राखेको भन्ने गोप्य सूचनाको आधारमा बाँके प्रहरीले छापा मारेर मोनु कवडियाको कोठा खानतलासी गर्दा भारतबाट अबैध रुपमा भन्सार छली बिभिन्न मोटरसाईकल तथा गाडीका पाटपुर्जा, कपडा, छाता लगायत अन्दाजि मुल्य रु८,००,०००। बराबरको सामान बरामद गरेको हो । बरामद गरिएको समान आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाइको प्रहरीले जनाएको छ । छापा मारेलगत्तै हता।हतारमा जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको थियो । गम्भीर अपराधबाहेक भन्सार छलीका घटनामा पत्रकार सम्मेलन कमै हुने गरेको छ ।