युरो २०२० मा २९ वर्षपछि डेनमार्क सेमिफाइनलमा – Dastabej

युरो २०२० मा २९ वर्षपछि डेनमार्क सेमिफाइनलमा


  • एएफपी

  • बाकु — पहिलो हाफमा गरेका दुई गोलमा डेनमार्कले शनिबार युरो २०२० मा चेक गणतन्त्रलाई २–१ ले हराएर सेमिफाइनल यात्रा तय गरेको छ । डेनमार्क सन् १९९२ को युरोको विजेता पनि हो । त्यसयता २९ वर्षको अन्तरमा डेनमार्क पहिलोपल्ट सेमिफाइनल पुग्न सफल रह्यो ।

    थोमस डेलानीको गोलमा डेनमार्कले पाँचौं मिनेटमा अग्रता लिएको थियो । जेन्स स्टेगरको कर्नरमा अनमार्क रहेका डेलानीले हेडबाट गोल गरे । डेनमार्कको दोस्रो गोल कास्पर डोलबर्गको नाममा रह्यो । उनले जोकिम माहेलको क्रसलाई पोस्टका दिशा दिए । चेक गणतन्त्रका लागि प्याट्रिक सिकले एक गोल फर्काए ।

    उनले ४९औं मिनेटमा भ्लादिमिर कोफलको क्रसलाई चलाखीपूर्ण ढंगले गोलमा परिणत गरे । यो उनको प्रतियोगितमा पाँचौं व्यक्तिगत गोल रह्यो । यससँगै उनी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा संयुक्त रूपमा उक्लेका छन् । पोर्चुगलको क्रिस्टियानो रोनाल्डोले पनि समान पाँच गोल गरेका छन् । डेनमार्क लिगका सुरुआती दुई खेल गुमाएर पनि नकआउट चरण प्रवेश गरेको हो । डेनमार्क यस्तो उपलब्धि हात पार्ने युरो इतिहासकै एक मात्र टिम बनेको छ । अन्तिम १६ मा भने उसले वेल्सलाई हराएको थियो ।

  • २० असार २०७८, आईतवार १२:१६ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश