पहिले जंगलमै बाघसंग लडे,, अहिले घरमा राखे – Dastabej

पहिले जंगलमै बाघसंग लडे,, अहिले घरमा राखे

पुर्खाको जीवन चित्रण


  • दस्तावेज

  • नेपालगन्ज । घरको भित्तामा बन्यजन्तु र चराचुरुङीको आकृति बनाइएका छन् । माटोले बनाइएको ति चित्रले थारु लोककलामात्रै दर्शाउँदैनन् उनीहरुको जीवन र जगतको चित्रण गर्छ । घरको भित्तामा बन्यजन्तु र चराचुरुङीको आकृति बनाउने कारण के हुनसक्छ ? थारु संस्कृति तथा कलामा रुची राख्ने जानकार भन्छन्—‘उनीहरु प्रकृतिप्रेमी जाती हुन । प्रकुतीसंग उनीहरुको साईनो पुस्तौदेखि जोडिएको छ ।’ थारु समुदाय विगतमै फिरन्ते रहेको बताईन्छ । उनीह वन जंगल फडानी गरेर बन्जड भूमिलाई गुल्जार बनाए । जंगली जनावरसंग पौठेजोडी खेले । बाघ, भालु लगायतका जंगली जनावरसंग लडे । सर्प, बिच्छीसंग सघंर्ष गरे । जंगलमै कयौ पुस्ता बित्यो । त्यसैले उक्त समुदायलाई प्रकृतिप्रेमी मानिएको हो । घरको भित्तामा बाघ, भालु, घोडा, हात्ती, चित्तल लगायतका बन्यजन्तुको आकृति बनाउने चलन छ । त्यस्तै मयुर लगायतका चराचुरुङीका चित्रलाई स्थान दिइन्छ । घरपलुवा चौपायाको पनि चित्र देख्न सकिन्छ । ‘थारु लोककला निकै धनि मानिन्छ । त्यस अन्र्तगतको चित्र र मुर्तिकलाले उनीहरुको जीवनजगतको पनि पहिचान दिन्छ,’ थारु लोककलामा रुची राख्ने सोम डेमनरौरा भन्छन्,‘थारु समुदायले बन्यजन्तुलाई घरको भित्तामा स्थान दिनु भनेको साइनोको सम्बन्ध हो । पुर्र्खाैलीबाट मुर्ति बनाउने परम्पराले उनीहरुको पुर्खाको जीवनको कथा बोल्छ ।’

    त्यसो त थारु समुदाय वन, नदी, खोलानाला छेउमा बस्न रुचाउँछन् । उनीहरुको जीवन प्रकुतिमा निर्भर छ । घाँस, दाउरामात्रै होईन उनीहरुले हस्ताकला सामाग्री बनाउन जंगलकै भर पर्छन । त्यहाँ पाईने खर, झारबाट थारु समुदायले विभिन्न सामाग्री बनाउन बेना, ढकीया, गोंरी, फेरवा, डिलीया लगायतका समान बनाउँछन् । नदी, खोलामा माछा मार्छन् । ‘थारुको जीवन प्रकृतिमै निर्भर छ । त्यसैले प्रकृतिकै पूजक हुन । उनीहरुले बन्यजन्तुदेखि चराचुरुङीको समेत सम्मान गर्छन,’ थारु सस्कृति बारे जानकार शिवराम चौधरी भन्छन्,‘त्यसैले पनि उक्त समुदायले घरमा बन्यजन्तु पशुचौपायाको तस्बिर बनाउने गरेको हुनसक्छ ।’

    थारु समुदायले प्रकृतिकै पूजा गर्छन् । अन्नबालीमा किरा नलगोस भन्दै हरेरी पूजा गरिन्छ । बर्षा समय सुरु भएपछि खेतिपाती गर्नु अगावै कलवा (बिहानको खान) पर्व बनाउने चलन छ । त्यसदिन कमिला, किरा फट्यङ्ग्रालाई खान दिइन्छ । खेतिको सिजनमा किराले दुःख नदिउन भनेर त्यसरी पूजा गर्ने चलन रहेको थारु अगुवा बताउँछन् । ‘थारु समुदायले प्रयोग गर्ने छाता, हलो, जुवा सबैजसो प्रकृतिकै निर्भर छ । त्यसैले पनि त्यसको पूजा गर्नुकासाथै विभिन्न जीवजन्तुलाई पनि उच्च प्राथमिकतामा पारेको हुनसक्छ,’ थारु अगुवा चन्द्रबहादुर चौधरी भन्छन्,‘प्रकृतिसंग उनीहरुको जीवन जोडिएको छ ।’
    पछिल्लो सयम भने थारु समुदायमा घरको भित्तामा बन्जजन्तुको आकृति बनाउने परम्परामा कमी आएको छ । तर होमस्टे र थारु संग्रालय लगायतका घरमा भने ति चित्रले स्थान पाएका छन् ।

     

  • २० असार २०७८, आईतवार १५:३३ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ