बालश्रमलाई न्यूनिकरणका लागि सहयोग – Dastabej

बालश्रमलाई न्यूनिकरणका लागि सहयोग


  • दस्तावेज

  •  

    बर्दिया । गरीविका कारण वाध्यकारी श्रममा लागेका र शिक्षालिन पाउने अधिकार सुनिश्चिताका लागि बालबालिकालाई सहयोग गरिएको छ ।  १८ वर्ष उमेर नपुगेका गुलरिया नगरापकिलाका १२ र वाँसगढी नगरपालिकाका ३ जना बालबालिकालाई खाध्यन्न दाल, चामल, तेल, नुन, चिनि र सावुनसहित स्कुल व्याग, कोपी, पेन, जोमेटी वक्स, लगायतका समाग्रीहरु सहयोग गरिएको हो । सहयोग कार्यक्रममा सम्वन्धित वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु र सस्थाका कार्यकारी निर्देशक सहित परीयोजना कर्मचारीको पनी उपस्थिति थियो । पहिलो चरणको कार्यक्रममा वाँसगढी वडा नं। ४ का वडा अध्यक्ष राजमान चौधरीले बालवालिकाहरु भविष्यका जिम्मेवार व्याक्तित्व भएकोले शिक्षा लगायतका बालवालिकाका अधिकारको संरक्षणमा सहयोग पुगेको बताए । उनले अभिभावक लगायत सवै सरोकारवालाहरुसगँ पढाईको महत्वको वारेमा अन्र्तक्रिया गर्नसक्ने हुनुपर्ने र तत्काल काम र पैसालाई भन्दा पढाईको महत्व वुझि त्यसलाई निरन्तरता दिनुपर्ने सुझाव दिए । थारु महिला उत्थान केन्द्र वर्दियाले संचालन गरिरहेको सकृय परीयोजना बालश्रम शोषण न्यूनिकरणका लागि सामाजिक कार्य अन्र्तगत ईट्टाभट्टामा कामगर्ने बालश्रमिककहरुलाई सहयोग गरिएको हो । घट्ना व्यावस्थापनको माध्यमवाट आवस्यकता पहिचान गरी निकृष्ट बालश्रम न्यूनीकरण गर्ने परियोजनाको लक्षय छ ।
    उक्त कार्यक्रम विश्व शिक्षाको आर्थिक सहयोग तथा एन्टेना फाउण्डेशन, स्वतन्त्रता अभियान र टिडिएच फाउण्डेशनको प्रविधिक सहयोगमा थारु महिला उत्थान केन्द्रले वर्दिया, वाँसगढी नगरपालिका र वढैयाताल गाउँपालिकामा विगत १७ महिनादेखि संचालनमा रहेको सस्थाका कार्यक्रम व्यावस्थापक तेजमणि पन्तले जानकारी दिए ।

    नेपालसरकारले अवलम्वन गरेको वालश्रम निषेध र नियमीत गर्ने ऐन २०५६, बालश्रम न्यूनिकरण राष्ट्यि गुरुयोजना २०७५।२०८५, ईट्टा उधोगमा कामगर्ने श्रमिकहरुका लागि सुरक्षा र स्वास्थ्य सम्बन्धी निर्देशिका २०७४ र नेपाल सरकारको दिगो विकाश लक्ष्य लाई हेर्ने हो भने सन् २०३० सम्ममा सवै प्रकारको बालश्रम अन्तग र्ने योजना राखेको छ । त्यस्तै नेपालको संविधान २०७२ ले पनि बालवालिकाको विषयमा प्रसस्तै अधिकार सुनिश्चित गरेको छ भने स्थानीय सरकार संथालन ऐन २०७४ ले पनि स्थानीय सरकारलाई उक्त क्षेत्रमा काम गर्न मार्गनिर्देश गरेको देखिन्छ । उक्त नेपाल सरकार र स्थानीय सरकारको निति तथा कार्यक्रमलार्ई सहयोग गर्ने उद्घेश्यले सस्थाले बाल अधिकार नीति तथा बालश्रम न्यूनिकरणका लागि पञ्च वर्षिय रणनिति तयार गरी सकृय परीयोजना संचालन गरिएको र ईट्टाभट्टामा कामगर्ने बालश्रमिकहरुलाई घट्ना व्यावस्थापनको माध्यमद्वारा आवस्यक सहयोग गर्दै सरोकारवालाहरुको संयन्त्र मार्फत बालबालीकाको अधिकार सुनिश्चितताका लागि पहल गर्निे पन्तले बताए ।

     

  • २० असार २०७८, आईतवार १६:०४ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश