बर्दिया — बर्दियामा बाघको आक्रमणबाट मधुवन नगरपालिका ३ भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्रीको मृत्यु भएको छ । जगंलमा दाउरा लिन गएका उनलाई बाघले आक्रमण गरेको हो । उनको शव सम्झना सामुदायिक वनमा भेटिएको प्रहरीले जनाएको छ । बाघको आक्रमणबाट मृत्यु भएको यो घटनासहित बर्दियामा गत साउनयता १२ जनाको ज्यान गएको छ । भगरैया क्षेत्रमा मात्रै बाघको आक्रमणमा परी ७ जनाको मृत्यु भएको छ । बाघले पटकपटक आक्रमण गर्ने भगरैया क्षेत्र नेपाल–भारतको बर्दिया निकुन्जलाई जोडन्अन्तर्राष्ट्रिय जैविक मार्ग हो । आक्रमणपछि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासीले खोजतलास गर्दा खत्रीको शव सोमबार दिउँसो ११ बजे शव फेला परेको छ । प्रशासनले उक्त क्षेत्रमा घाँस, दाउरा, चरिचरण, सागपात टिप्न नजान आग्रह गर्दै आए पनि अटेर गर्दा आक्रमण बढेको हो ।