फिलिपिन्सको हवाई दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुग्यो, ४२ सैनिक घाईते - Dastabej

फिलिपिन्सको हवाई दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुग्यो, ४२ सैनिक घाईते


  • दस्तावेज

  • बीबीसी । फिलिपिन्समा एउटा सैनिक मालवाहक विमान आइतवार दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या ५० पुगेको छ । ४२ जना सैनिक घाईते छन् । सुरक्षा बलका प्रमुखले जलिरहेको विमानको भग्नावशेषबाट कम्तीमा ४० जनालाई जीवितै उद्धार गरिएको जनाएका थिए । देशको दक्षिण पश्चिममा रहेको सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्ने प्रयास गरिरहेको उक्त विमानले धावनमार्ग पहिल्याउन नसकेको विवरण आएका छन्। उक्त विमानमा सवार अधिकांश आधारभूत सैनिक तालिम पूरा गर्ने व्यक्तिहरू भएको बताइन्छ। स्थानीय समयानुसार साढे ११ बजे दुर्घटनामा परेको विमानमा दक्षिणी भूभागमा उग्रवादी अबु सैय्यफ समूहसँग लड्न सैन्य बल बढाउने योजना अन्तर्गतका सैनिकहरू रहेको बताइएको छ।ूधावनमार्ग छोड्यो, फेरि उड्न खोज्यो तर सकेन,ू सशस्त्र प्रमुख किरिलिटो सोबेजानाले बताए।फिलिपिन्सको राज्य सञ्चालित समाचार संस्थाले प्रकाशन गरेको तस्बिरमा बस्ती नजिकै रूखहरूबीच जलेको विमान देखिन्छ।

  • २१ असार २०७८, सोमबार १८:२८ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा