बेसबिनाको सडक कालोपत्रे, स्थानीय आक्रोसित – Dastabej

बेसबिनाको सडक कालोपत्रे, स्थानीय आक्रोसित

पावरका भरमा म्याद थप


  • शम्भु थारु

  • नेपालगन्ज । पुर्बपश्चिम महेन्द्र राजमार्ग र हुलाकी राजमार्गलाई जोडन बढैयाताल गाउँपालिका वडा नम्बर ४ दक्षिण भकारी क्षेत्र निमार्ण भइरहेको सडकमा ढुंगा र माटोेको बेसंबीनाको कालोपत्रे गर्न थालिएको छ । निमार्ण कम्पनीले बेस नबनाई गिट्टी हालेर कालोपत्रे गर्न थालेपछि स्थानीय आक्रोसित भएका छन् । स्थानीय शुकदेव चौधरीका अनुसार बेस बनाएजस्तो गर्ने तर काटेको गिट्टी हालेर कालोपत्रे भइरहेको छ । मापदण्ड पुरा नगरेको कालोपत्रे धेरै दिन नटिक्ने प्रावधिकहरुको भनाई छ । प्रदेश सरकारको कार्यक्रम अन्र्तगत निर्माण हुन लागेको सडकको लम्बाई १५ सय मिटर रहेको छ । उक्त सडकमा ३ जना ठेकेदार रहेका छन् । ३५ लाखको बजेटमा सडक कालोपत्रे भैरहेको छ । उत्तरको भाग करिब ५ सय मिटर मार्ग कन्सर्टक्सन कम्पनी गुलारियाले कालोपत्रे गरिसकेको छ । बिचको ५ सय मिटर अमन कन्सर्टक्सन गुलारियाको ठेक्का रहेको छ । अमन कन्सट्रक्सन कम्पनीका ठेकेदार रमेश यादवले ६ महिना म्याद थप गरेको र आउने कात्र्तिकमा सड कालोपत्रे गर्ने बताएका छन् । दक्षिण तर्फको सडक करिब ५ सय मिटर रावल कन्सट्रक्सनको ठेक्का छ । रावलले बेस हालेर पिच गर्ने तयारीमा छ । पुर्वाधार बिकास कार्यालय बर्दियाका प्रमुख सकितानन्द चौधरीका अनुसार सडक कालोपत्रेको काम सम्पन्न नहुदां ठेकेदारबाट हैरान भएको बताए । बढी मात्रमा स्थानीयले प्रश्न उठाएका अमन कन्सट्रक्सनले पावारको भरमा कारोनाको बहाना गरेर केन्द्रबाट ६ महिना म्याद थप गरेको बताए । काम भएन भने बराबरको दोषी आफु पनि रहेको कार्यालय प्रमुख चौधारीको भनाई छ । अरु ठेकेदारले काम गरिरहेका बेलामा केन्द्रबाट म्याद थप गराएर आफुलाई तल पारेको र आफु पुच्छर हल्लाउने बाहेक केही पनि नरहेको उनको भनाई छ ।

    अमन कन्सट्रक्सन प्रा.लिले एक महिना अगाडि कोरोनाले गर्दा काम गर्न सकिएन भनेर पावर लगाएर म्याद थप गराएको कार्यालय प्रमुख चौधरी संगको कुराले पुष्टि गर्छ । सडकमा बेस पुरा नगरेर ठेकेदारले कालोपत्रे गरेको बढैयाताल गाउँपालिका ४ का वडा सदस्य रामलाल थारुको भनाई छ । गाउँको बिच भागमा रहेको अमन कन्सट्रक्सन कम्पनीका ठेकेदारले बेस नबनाएर सडक पिच गर्ने मुडमा देखिन्छ । बेसको लागि काटेको गिट्टी थुपारेर राखिएको छ । बेस पुरा नगरेर पिच गरेमा ठेकेदारको बिरुद्धमा अन्दोलन गर्ने तयारीमा रहेको वडा सदस्य थारुले बताए । तर मार्ग कन्सट्रक्सनले गरेको काममा मापदण्ड पुरा गरेको पुर्वाधार बिकास कार्यालय बर्र्दियाका प्रमुख सकितानन्द चौधरीको दाबी छ । एकदुई दिन अगाडि सम्पन्न गरेको मार्ग कन्सट्रक्सनको कालोपत्रेलाई पनि स्थानीयले चित्त बुझाएका छैनन् । कालोपत्रेको मोटाई मापदण्ड अनुसार २÷३ ईन्च हुनु पर्छ । तर कलोपत्रेको मोटाई देड ईन्च मात्रै रहेको स्थानीय शुकदेव थारुले गुनासो गरे ।
    हाल बेस पुरा नगरेर भएको कालोपत्रे र थप कालोपत्रे गर्ने तयारीबारे दाक्षिण भकारी गाउँ तरगिंत बनेको छ । सडक कालेपत्रे हुदां खुसी हुनुपर्ने स्थानीयहरुको मन दुखेको दक्षिण भकारी गाउँका बरघर बिश्वनाथा थारुले बताए । ससानो सडकमा धेरै ठेकेदार हुदां निर्माण र गुणस्तरमा समस्या आउने गरेको स्थानीयहरुको भनाई छ । तर ठेकेदार र सरोकारवाला निकायको मिलेमतोका कारण ससानो आयोजनामा पनि धेरै ठेकेदार हुने गरेकाछन् । यसले निर्माणलाई गुणस्तर हैन कमसल हुने गरेको देखिन्छ ।

  • २२ असार २०७८, मंगलवार १८:०९ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान