बर्दिया । राजापुर प्राथमिक स्वास्थ्य केन्द्रको पोष्टमार्टम सेन्टरलाई ब्यवस्थित गर्न युनिक नेपालले राजापुर नगरपालिकालाई तीन लाख रुपैया सहयोग गरेको छ । युनिक नेपालको उद्देश्य र आर्थिक बर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम अन्तर्गत स्वास्थ्य उपकरण सहयोग कार्यक्रम रहेकोमा राजापुर नगरपालिका मार्फत राजापुर स्वास्थ्य केन्द्रलाई सो सामाग्रीका लागि नगद रहयोग गरिएको हो । शवको व्यवस्थापन गर्नका मर्चुअरी च्याम्बर सिंगल बडी किन्नका लागि आर्थिक सहयोग युनिक नेपालका अध्यक्ष प्रिमबहादुर थाहरुले बताए । साथै, आगामी दिनहरुमा पनि युनिक नेपाल र राजापुर नगरपालिकाबीच बिभिन्न कार्यक्रममा साझेदारी र सहकार्य रहने समेत बताए । ४ लाख ९५ हजार पर्ने सो च्याम्बरका लागि युनिक नेपालले चेक मार्फत . ३ लाख र राजापुर नगरपालिकाले १ लाख ९५ हजार बेहोरेको छ ।