औँठा छाप भनेपछि, मधेसी महिलाले गरे खुरुखुरु सही – Dastabej

औँठा छाप भनेपछि, मधेसी महिलाले गरे खुरुखुरु सही

मधेसी दलित महिलामा आएको चेतना


  • दस्तावेज

  • नेपालगन्ज— कलावती धोबी मधेसी दलित समुदायकी महिला हुन । करिव ४६ वर्षीया उनी बिद्यालयको मुख देखेकी छैनन् । हाल भेला, छलफल र बैठकमा उपस्थिती जनाउँदा खुरुखुरु हस्ताक्षर (सही) गर्छिन । यसअघि उनी कुनै कार्यक्रममा सहभागि हुँदा ल्याप्चे लगाउँदै आएकी थिइन । गाउँमा सार्वजनिक छलफल भइरहँदा युवाले जिस्काउँर्दै औँठा छाप भनिदिए । उनलाई निकै ठूलो चोट प¥यो । त्यही चोटले घरमै आफ्नो नाम लेख्न सिक्न थालिन । एक वर्षको प्रयासपछि सही गर्ने भएकी छन् ।
    ‘युवाहरुले त्यसरी औंठा छाप नभनि दिएको भए आफ्नो सही पनि गर्न सिक्ने थिएन । कहिलेकांही रिसले पनि राम्रो काम गराउदो रहेछ,’ नेपालगन्ज उपमहानगर २७ की कलावतिले भनिन्,‘सिक्दै गर्दा अक्षर पनि चिन्न थालेको छु । अब कसैले पनि औंठा छाप भन्न सक्दैन ।’

    गाउँकै अनिता धोबी पनि हालैसालै सही गर्न सिकेकी छन् । त्यसरी सही गर्न सिकेकोमा उनलाई गौरव लाग्छ रे । नलगोस पनि किन ? करिव ३८ वर्षसम्म ल्याप्चे लगाउँदै आएको अनुभव छ । सार्वजनिक कार्यक्रममा सहभागि हुँदा अरुले सही गर्ने र आफूले ल्याप्चे लगाउँदा उनलाई हिनताबोध हुने गरेको थियो । त्यही हिनतालाई हटाउन नाम लेख्नुका साथै सही गर्न सिकेकी हुन । ‘अरुजस्तै आफ्नो नाम लेखेर सही गर्न सक्ने भएको छु । सही गर्न जान्न थालेपछि लाज लाग्न छोडेको छ । औंठा छाप कसैले पनि अब भन्न सक्दैन,’ उनले अनुभव सुनाईन,‘लेख्न जानिदैन भनेर नसिक्ने हो भने सधै ल्याप्चे लगाउनु पर्छ । तर, घरमै फुर्सदका बेला प्रयास गर्ने हो भने नामसम्म लेख्न सकिने रहेछ ।’

    नेपालगन्ज उपमहानगरमा गाभिनु अघिको पुरैना गाविसका मधेसी दलित समुदायका महिलाहरु ल्याप्चे लगाउँथे । अहिले अवस्था फेरिएको छ । त्यहाँका सबैजसो महिलाहरुलाई ल्याप्चेको सट्टा सही गर्न अनिवार्य गरिएको थियो । जसका कारण उनीहरु आफ्नो नामसम्म लेख्न सक्ने भएका छन् ।स्थानीय मायावती पासी, इमिर्ती पासी, सत्यवती धोबी, कुमारी पासी (जो उमेरले पाका भईसकेका) लगायत महिलाहरुले ल्याप्चेको सट्टा सही गर्न थालेका छन् । उनीहरुले आफूजस्तै महिलालाई नाम लेख्न सिक्नका लागि सुझाव दिंदै आएका छन् । पाँच वर्षअघि गाउँमा पाका महिलाहरुका लागि कक्षा सञ्चालन गरिएपछि उनीहरुले लेख्न पनि जानेका छन् । केहीले त आफ्नै छोराछोरीको सहयोगमा लेख्न सिकेका छन् । ‘घरमा आफ्नो सही गर्न सिक्यो । हामीजस्ता महिलाका लागि गाउँमा पढाउने व्यवस्था गरिएपछि लेख्न पनि जानेका छौँ,’ मायावती पासीले भनिन्,‘त्यसपछि कहिल्यै ल्याप्चे लगाउनु परेको छैन ।’

  • २४ असार २०७८, बिहीबार १३:५१ प्रकाशित

  • Nabintech
  • १. डुडुवा खोलामा पौडी खेल्ने क्रममा बाँके नेपालगन्जका तीन युवाको मृत्यु
  • २. टोकियो ओलम्पिकः जुडोमा बाँकेकी सोनिया रुसकी इरिनासंग भिड्डै, जित सोनिया जित
  • ३. नेपालगन्ज मेडिकल कलेजको डेढ अर्बको शेयर किन्ने सुनिल शर्मा को हुन ?
  • ४. मजुदरी गर्न महिलाहरुद्धारा दैनिक ४० किमी साईकिलिङ
  • ५. कोहलपुरमा ८२ बर्षीया बृद्ध महिलाको हत्या घटना,प्रहरी अनुसन्धानले भन्छः ‘बदला लिन’
  • ६. नेपालगन्ज नाका भएर भारत पसेका साढे तीन सय महिला हराए
  • ७. दिलवाले नेपालगन्जः जसले सल्यानी र दैलेखीलाई मुटुमै सजाएर राख्यौ