थारु महिला उत्थान केन्द्रले मनायौ ३१ औँ जन्म दिन – Dastabej

थारु महिला उत्थान केन्द्रले मनायौ ३१ औँ जन्म दिन


  • दस्तावेज

  • बर्दिया । सामाजिक कार्यमा काम गर्दै आएको गैर सरकारी संस्था थारु महिला उत्थान केन्द्र गुलरियाले बिहिबार आफ्नो ३१ औँ बार्षिक जन्मोत्सब मनाएको छ । उसले लामो सयमदेखि समुदायमा पुर्याएको योगदान बारे चर्चा गरिएको थियो । संस्थाले पछाडि पारिएका समुदाय, सिमन्तकृत समुदायमा जनचेतना जगाउने, महिला सशक्तिकरण, बालविवाह बिरुद्धको अभियानलगायतका विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । सस्थाका कर्मचारी तथा सस्थापक राजकुमारी चौधरीले संचालन गर्नुभएको कार्यक्रमको अध्यक्षता थारु महिला उत्थान केन्द्रका अध्यक्ष लिलावती थारुले गरेकी थिईन । कार्यक्रममा कार्य समितीका उपाध्यक्ष, कोषाध्यक्ष, सचिब, कार्यकारी निर्देशक, कार्यक्रम व्यावस्थापक, आर्थिक÷वित्त व्यावस्थापक र लिब–वर्ड सस्थाका प्रतिनिधि तथा जिविकोपार्जन कार्यक्रमका प्राविधिक सल्लाहाकार ईन्द्रेश्वर मण्डल र विभिन्न परियोजनाका परियोजना संयोजक साथै अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

    उक्त कार्यक्रममा थारु महिला उत्थान केन्द्रको कार्यकारी निर्देशक प्रिज्मासिङ थारुले थारु महिला उत्थान केन्द्रको इतिहास तथा बिगतमा गरेका क्रियाकलापहरु बारे चर्चा गरेकी थिईन । उनले संस्थागत बिकासमा टेवा पु¥याएकोमा प्रत्यक्ष र अप्रत्यक्ष योगदान गर्नुहुने सवैलाई विशेष धन्यवाद दिदै अझै पनि थारु महिला उत्थान केन्द्रलाई अगाडी बढाउन सबैको उत्तिकै योगदान र अपेक्षा रहेको जनाईन । यसैगरी उपस्थित सबै कर्मचारीहरु तथा सन्चालक समिति तथा अन्य सदस्यहरुले पनि सस्थागत विकासका लागि क्षेमता अनुसारको योगदान गर्ने प्रतिबद्धता जनाए । सस्थाको जन्मदिनको अवसरमा कार्यालय वरीपरी फुलका विरुवा रोपण गरीएको र कोरोना कहरका कारण धेरै भिडभाड नगरी भौतीक दुरीकायम गर्दै सब्य रुपमा मनाईएको सस्थाका कार्यक्रम व्यावस्थापक तेजमणि पन्तले जानकारी दिए ।

    समापन कार्यक्रममा वोल्दै सस्थाका अध्यक्ष लिलावती थारुले वर्दियामा स्थापना भई विभिन्न क्षेत्रको विकास निर्माणमा हातेमालो गर्दै आईरहेको सस्था विगतमा सानो कोठामा कार्यालय राखेर काम गरेको स्मरण गरिन । उनले पछाडी पारीएका तथा विपन्नन वर्गलाई प्राथमिकतामा राखी अगाडी वढ्दै जादा दर्जनौ कर्मचारी, आफ्नै कार्यालय भवन र धेरै सहयोगी हातहरुसगँ सहकार्य गर्ने अवसर पाएको जनाकारी दिए । उनले सस्थाले कार्यक्षेत्र विस्तार गर्दै लग्ने र सहयोगी हातहरुको थप योगदानको अपेक्षा गरेको रहेको जनाए ।

  • २४ असार २०७८, बिहीबार १४:५४ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश