दाङ — लगातार भइरहेको बर्षापछि घोराही उपमहानगरपालिका १७ क्वाडीका एक स्थानीयको घर भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ । प्रहरीका अनुसार बर्षापछि बिहीबार बिहान ३ बजेतिर घरको गारो भत्किँदा तीन महिनाकी शिशु विन्दु चौधरीको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दांंगका प्रवक्ता डीएसपी मुकुन्द रिजालले शिशुकी आमा मनीषा र उनकी ९ वर्षीया छोरी बाटुली चौधरी घाइते भएको जानकारी दिए । घाइते आमा छोरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घोराहीमा उपचार भइरहेको छ ।