कोरोना कहरमा लालाबालासहित दैनिक सयौँ नेपाली भारत – Dastabej

कोरोना कहरमा लालाबालासहित दैनिक सयौँ नेपाली भारत


  • दस्तावेज

  • नेपालगन्ज— कोरोनाको महामारी कायमै छ । तर पनि कामको खोजिमा दैनिक सयौं नेपाली भारत पसिरहेका छन् । कतिपयहरु लालाबालासहित सहित भारत पस्ने गरेका हुन । उनीहरुको अनुहार मलिन छ । तर काम पाईने लोभले केही उत्साहित देखिन्छन् । बर्षा सकिएपछि कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका सर्वसाधारणहरु मजदुरी खोज्दै भारत पसेका छन् । भारत जानेहरुको दैनिक नेपालगन्ज नाकामा भिड लाग्ने गरेको छ । दैलेख जिल्ला भैरबगण गाउँपालिकाकी गंगा र सृजना श्रीमानहरुसंग काम खोज्न भारत पसेका छन् । भारतको सिमला पुग्न उनीहरु शुक्रबार नेपालगन्ज नाका भएर रुपैडिहा पुगे । ‘खेतिपाति सकियो । घरमा बसेर के गर्नु ? गाउँमा काम पाईदैन,’ नेपाल—भारत सीमा दशगजा पार गर्ने क्रममा करिव ४० वर्षीया गंगा भन्छिन्,‘काम पाइए गरौला । होईन भने श्रीमानलाई खान पकाएर सहयोग गर्छु ।’ उनका श्रीमान यसअघि पनि मजदुरी गर्न भारतको सिमला पुग्ने गरेका थिए । सानो बच्चासहित श्रीमतिलाई घरमा एक्लै छोड्न मन नभएर संगै भारत लग्न थालेको उनले सुनाए । ‘गाउँमै काम पाइए किन भारत जानु पर्दो हो,’ उनले गुनासो गरे ।
    भारत जानुको कारण बारे सृजनाको पनि गंगाजस्तै तर्क छ । उनले भारत जान थालेको पहिलो पल्ट नभएको सुनाईन । श्रीमान टेकबहादुर यसअघि भारत आउजाउ गरिरहन्छन् । त्यसैले काम खोज्न भारत जान उनीहरुको लागि नौलो होईन । ‘वर्षमा दुई÷तीन पल्ट भारत जाने घर फर्किने गर्छौ । चाडपर्व मनाउन घर फर्किन्छौँ ’ उनी भन्छन ।
    दैलेखकी गंगा र सृजनामात्रै होईनन् कर्णाली प्रदेशका सर्वसाधारणहरु धमाधम काम खोज्न भारत पसिरहेका छन् । नेपाल—भारत सीमास्थित ईलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार दैनिक सात÷आठ सय नेपालीहरु भारत गइरहेका छन् । काँखमा बच्चा समाएर भारत जाने महिलाहरुको संख्या पनि उस्तै छ । दसैंतिहारको खर्च जुटाउन उनीहरु भारत पसेका हुन । भारत जानेहरुको संख्या बढेपछि गाउँहरु फेरि रित्तिन थालेका छन् । शुक्रबारमात्रै कर्णाली प्रदेश सुखेर्तका ८० बढी नेपालीहरु एकैसाथ काम खोज्न भारत गएको सीमास्थित प्रहरीले जनाएको छ । लुम्बिनी र कर्णाली प्रदेशमा बेरोजगारी ब्यापक छ । जसका कार नेपालगन्ज नाका हुँदै सयाँै नेपाली भारत जाने गर्छन । कर्णाली प्रदेशका कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, रुकुमका युवाहरु बढीजसो भारत जाने गरेका हुन । त्यस्तै लुम्बिनी प्रदेशका बर्दिया, बाँके लगायतका युवाहरु पनि काम खोजिमा भारत पसिरहेका छन् । भारत जाने अधिकांश युवाहरु भारतको कालापहाड, चण्डीगढ, सिमला, गुजरात, दिल्ली, पञ्जाव लगायतका शहरमा काम गर्छन् । कर्णाली प्रदेशका युवाहरु कालापहाड, चण्डीगढ, सिमलामा सडक निर्माण र फलफूल खेतीका लागि मजदुरी गर्छन ।

     

     

  • २५ असार २०७८, शुक्रबार १७:१५ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ६. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ७. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ