स्थानीय सरकारका सृजनशिल काम – Dastabej

स्थानीय सरकारका सृजनशिल काम

बढैयाताललमा २३ किमि पक्की सडक, बारबर्दियामा सिकलसेल जाँच, ठाकुरबाबाको आफ्नै पाठ्यक्रम र बाँसगढीद्धारा सरकारी स्कुललाई प्राथकिमता


  • दस्तावेज

  •  

    बर्दिया । बढैयाताल गाउँपालकिाले २३ किलो मिटर सडक कालोपत्रे गरेको छ । गाउगाउँका सडक पक्की हुँदैछन् । बारबर्दिया नगरपालिकाले रक्तअल्पता (एनेमिया) सिकलसेल रोगको महामारी बारे सचेतना जगाउन पाठ्यक्रम तयार गरी दुई वर्षदेखि पढाई सुरु गरेको छ । सचेतना अभियानले बिद्यार्थीहरु सिकलसेलको महामारीबाट जोगिन उपाय बारे जानकारी पाएका छन् । उनीहरुले सचेतता अपनाउने र समयमै स्वास्थ्य संस्थाको सम्पर्कमा पुग्न पीडितहरुलाई सुझाव दिएका छन् । बर्दियाका थारु गाउ“मा उक्त रोगको महामारी छ । बंशानुगतरुपमा सर्ने भएकाले नियन्त्रणका लागि पालिकाले उक्त पाठ्यक्रम लागु गरेको हो । उक्त पाठ्यक्रम भेरी अस्पतालमा कार्यरत फिजिसियन डा. राजन पाण्डेले तयार पारेका हुन । उनले शिक्षकहरुलाई पढाउने बारे तालिम दिने गरेका छन् । त्यही अनुसार शिक्षकहरुले बालवालिकाहरुलाई पढाउने गरेका हुन । सिकलसेलको सकलसेलको पहिचान हुन नसक्दा मृत्यु हुनेको संख्या बढेपछि पालिकाले बिद्यालयमै त्यसबारे पढाई सुरु गरेको हो । थारु समुदायमा बिहेबारी गर्नुअधि रगत परिक्षण गर्ने चलन छैन । जसका कारण भुसको आगोजस्तै सिकलसेलको महामारी फैलिरहेको छ ।

    बाँसगढी नगरपालिकाले संस्थागत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई सामुदायिक बिद्यालयमा भर्ना गर्ने अभियान चलाउँदै आएको छ । गएको शैक्षिकशत्रमा स्थागत बिद्यालयका करिव सात सय बढी बिद्यार्थी सरकारी बिद्यालयमा भर्ना भएका थिए । यो शैक्षिकशत्रमा पनि अभियानलाई निरन्तरता दिइएने छ । अभियानले सामुदायिक बिद्यालयलाई पढाई सुधान गर्न जिम्मेवार बन्न दबाव दिएको छ । उक्त घटनाले सस्थागत बिद्यालयलाई धक्का लाग्न थालेको छ । पालिकाले पढाई सुधार गर्दै संस्थागतमा पढ्ने बिद्यार्थीलाई सरकारी बिद्यालयमा भर्ना गराउने अभियान जारी राख्ने जनाएको छ । यसले सरकारी बिद्यालयहरुको पढाईमा गुणस्तर बढ्नुका साथै बिद्यार्थीहरुको आर्कषण बन्ने बिश्वास छ ।

    ठाकुरबाबा नगरपालिकाले सांस्कृतिक परम्परा एवं प्रथा, पुस्तान्तर तथा स्थानीय ज्ञान, लोक नृत्य ( परम्परागत थारु नृत्यहरु, डेउडा, पञ्चेबाजा) र व्यवहारिक शिक्षा दिन आफ्नै पाठ्यक्रम लागु गरेको छ । पाठ्यक्रमको नाम हाम्रो ठाकुरबाबा राखिएको छ । त्यसमा धान कुट्ने ढिकी, माछा फसाउने ढडिया र संस्कृति र संस्कारका बारेमा जानकारी दिइएको छ । कक्षा १ देखि ५ सम्मका बिद्यार्थीहरुलाई लक्षित गरी पाठ्यक्रम लागु गरिएको हो । यहा“का बालवालिकालाई स्थानीय परम्परा, संस्कार, संस्कृति, चाडपर्व र व्यबहारिक शिक्षा सिकाउन पाठ्यक्रम लागु गरिएको हो । स्थानीय सरकारले आफ्नै गाउ“ठाउ“को परम्परा, संस्कृति र व्यवहारिक ज्ञानलाई समेटेर तयार गरिएको पाठ्यक्रम प्रदेश न. ५ कै पहिलो भएको दाबी गरिएको छ । हाम्रो संस्कृति र प्रविधि शिर्षकमा मुख्य समुदायका चाडपर्व, भाषा (थारु, नेपाली), समुदायका सांस्कृतिक परम्परा एवं प्रथा, पुस्तान्तर तथा स्थानीय ज्ञान, लोक नृत्य (थारु नृत्यहरु, डेउडा, पञ्चेबाजा), स्थानीय प्रविधिहरु माछा समाउने हेल्का लगायतका प्रविधि, ढिकी बारे सिकाइएको छ ।

    बर्दियाका केही पालिकाहरु सृजनशिल कार्यमा जुटेका छन् । उनीहरुले रोगबाट जोगिन, व्यवहारिक शिक्षा र शैक्षिक अभियान सुरु गरेका छन् । यस्ता व्यवहारिक शिक्षाले बालवालिकामा माध्यमबाट सचेतना फैलाउन सहयोग पुगेको छ । बारबर्दिया नगरपालिकामा सिकलसेलको महामारी देखिएपछि रोकथाम तथा नियन्त्रणका लागि पाठ्यक्रमै सुरु गरिएको हो । ‘सिकलसेल बारे पढाई सुरु भएपछि धेरैले त्यसबारे जानकारी पाएका छन् । रगत जा“च गराएर बिहेबारी गर्नुपर्ने सचेतना फैलिएको छ,’ बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गा चौधरी भन्छन्,‘पढाई सुरु भएपछि बालवालिकाहरु सचेत हुनुका साथै अभिभावकलाई पनि त्यस बारे जानकारी दिन थालेका छन् ।

    सिकलसेल रोग लागेका पतिपत्निले बच्चा जन्माउँदा २५ प्रतिशत सन्तान पूर्णरुपमा प्रभावित, ५० प्रतिशत रोगी र २५ प्रतिशत सन्तानमात्रै स्वस्थ हुने भएकाले महामारी मानिएको हो । त्यस्तै पूर्णरुपमा रोग लागेकाको अकालैमा मृत्यु हुन्छ र जन्मिदै प्रभावित ५० प्रतिशतले विहेबारी गर्दा बच्चामा पनि त्यो रोग सर्छ । त्यस्तै, पति वा पत्नि मध्ये एकजना मात्रै उक्त रोगबाट पीडित छन् भने उनीहरुबाट जन्मिने सन्तान २५ प्रतिशत रोगी र ७५ प्रतिशत स्वस्थ हुने भएकाले बिहेबारी अघि रगत परिक्षणका लागि पाठ्यक्रममा जानकारी दिइएको छ । रोग पत्ता नलाग्दै ५ वर्षमुनिका ५० प्रतिशत बालवालिकाको ज्यान जाने गरेको छ । उक्त रोग पुस्तान्तरण हुँदै गएकाले समस्या बल्झेको छ । तर रगत परिक्षणपछि रोगको अवस्था पत्ता लाग्ने र बिहेबारी गर्न सहज पुग्ने जानकारी दिइएको छ ।

    त्यस्तै, बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले सामुदायिक बिद्यालयको खस्किदो शैक्षिकस्तरलाई सुधार गर्न अभियाननै संचालन गरेको बताए । ‘पछिल्लो समय संस्थागत बिद्यालयमा अभिभावकको आर्कषण बढी छ । त्यसलाई चिर्न पनि हामीले शैक्षिक अभियान सुरु गरेका हा“ै,’ उनले भने,‘यसलाई अझै तिब्रता दिने लक्ष्य छ ।’

    ठाकुरबाबा नगरपालिका प्रमुख घननारायण श्रेष्ठले पछिल्लो पुस्ताले परम्परा र व्यवहारिक ज्ञान बारे जानकारी नपाउँदा बिकृती बढ्दै गएपछि व्यवहारिक शिक्षा सुरु गरेको बताउछन् । उनका अनुसार नगरपालिकाभित्र बसोबास गर्ने विभिन्न धर्म, संस्कृति बारे जानकारीसंगै विकास, वातावरण, पोषण लगायतका विषयहरु पाठ्यक्रममा समाबेश गरिएको जनाए । ‘यसअघि जारी गरिएको पाठ्यक्रममा नसमेटिएका विषयबस्तुलाई हामीले ल्याएको स्थानीय पाठ्यक्रममा राखेका छौँ । यसले नयाँ पुस्तालाई धेरै कुराहरु सिकाउन सहयोग गरेको छ,’ उनले कान्तिपुरसंग भने,‘प्राकृतिक स्रोत साधन र नगरपालिका गठन बिधि बारे पनि पाठ्यक्रममा जानकारी दिइएको छ ।’ केन्द्रले निर्माण गर्ने पाठ्यक्रमले स्थानीय विविधता समेट्न नसक्ने भएकाले शैक्षिक विकेन्द्रीकरणको मर्मलाई सम्वोधन गर्न स्थानीय पाठ्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ ।

     

  • २६ असार २०७८, शनिबार ०९:०६ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ