बाँकेमा कोरोना संक्रमण २५ बाट ३२ प्रतिशत उकल्यो - Dastabej

बाँकेमा कोरोना संक्रमण २५ बाट ३२ प्रतिशत उकल्यो


  • दस्तावेज

  • नेपालगन्ज । स्थानीय प्रशासनले निषेधाज्ञालाई पूर्णरुपमा खुकुलो पारेपछि बिश्व स्वास्थ्य संगठन (डबलुएचओ) ले तोकेको मापदण्डमा संक्रमण दर घट्न नसक्दा जोखिम फेरि बढेको छ । बाँकेमा संक्रमण घटेको भन्दै निषेधाज्ञालाइ खुकुलो पारिएको हो । पछिल्लो समय एक साताका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको छ । तर बजार, यातायात, सरकारी कार्यालय पूर्णरुपमा खुलिसकेका छन् । सर्वसाधारणले मास्क लगाउन छाडेका छन् । भिडभाड बढेको छ । सावधानी नअपनाउँदा पछिल्लो समय कोरोना संक्रमणको दर बढेको हो । बाँकेमा २५ प्रतिशतमा कोरोना संक्रमण झर्दा बजार खोलिएको हो । तर त्यस यता ३२ प्रतिशतसम्म संक्रमण दर देखिएको छ । भेरी अस्पताल नेपालगन्जका कनसल्टेन्ट प्रमुख फिजिसीयन डा. राजन पाण्डेका अनुसार चार दिनको संक्रमण दर बिषलेसन गर्दा कुनै दिन पहिलेभन्दा बढी प्रतिशत देखिएको छ । ‘चार दिनको अभिलेख हेर्र्ने हो भने १२ देखि ३२ प्रतिशतसम्म देखिएको छ । त्यसैले संक्रमणले डरलाग्दोरुप लिनसक्ने खतरा टरेको छैन,’ उनले भने,‘नेपालगन्जमा सावधानी अपनाएको देखिदैन । त्यसैले ंसंक्रमण बढ्ने सम्भावना बढी छ ।’

    गत वर्ष कोरोना भाइरसको संक्रमण घटेको भन्दै असार महिनामा निषेधाज्ञा हटाइपछि दोस्रो चरणमा पनि नेपालगन्ज कोरोनाको हटस्र्पोट बनेको थियो । यो वर्ष पनि त्यही दृश्य देखिएको छ । चिकित्सकहरुले निषेधाज्ञा हटाइए पनि सावधानी अपनाउन र स्वास्थ्य मापदण्ड पूरा गर्न सुझाए पनि कार्यान्वयन भएको छैन । जसका कारण कोरोनाको संक्रमण नियन्त्रण काबुभन्दा बाहिर जाने खतरा उस्तैछ । बर्षा बर्षापछि चाड पर्व सुरु हुने भएकाले भिडभाड बढ्ने भएकाले सक्रमण उच्च हुनसक्ने चेतावनी अझै पनि चिकित्सकहरुको छ । ‘संक्रमण घटेको हो तर नियन्त्रण भएको होईन,’ डा. पाण्डे भन्छन्,‘सबैभन्दा ठूलो कुरा सावधानी अपनाउनु नै हो ।’

    कोेरोनको दास्रो लहरमा संक्रमण नियन्त्रण बाहिर बेड नपाएर कतिको ज्यान गएको थियो । १४२ वटा कोभिड वार्डमा करिव ३ सय भर्ना गर्नुपर्ने अवस्था आएको थियो । अस्पतालले पाल टा“गेर पनि विरामी भर्ना गरेको घटना ताजै छ । फेरि पनि संक्रमण नियन्त्रण बाहिर जाने खतरा रहेकाले सावधानी अपनाउन आग्रह गरिएको हो । कोरोनाको संक्रमण घटेपछि यस क्षेत्रकै ठूलो निजी शिक्षण अस्पताल नेपालगन्जले कोरोना वार्ड बन्द गरिसकेको छ । तर यस क्षेत्रक्रै ठूलो सरकारी भेरी अस्पताल नेपालगन्जले भने तेस्रो भेरियान्ट आउन सक्ने भन्दै तयारीमा जुटेको छ । भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फिजिसीयन तथा कोरोना स्रोत व्यक्ति डा. संकेत रिसालले पछिल्लो समय लापरवाही बढेकोले फेरि पनि अवस्था भयाभव परिस्थिती भोग्नु पर्ने अवस्था आउन सक्ने चेतावनी दिए । ‘स्वास्थ्य मापदण्ड अपनाइएको छैन । बेवास्ता छ,’ उनले भने,‘कोरोना नियन्त्रणका लागि दुरी कायम गर्नु नै हो तर त्यस्तो देखिन्न ।’तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संक्रमण दर ५ प्रशितशतमा झरे नियन्त्रणमा आएको मान्ने गरेको छ । बाँके भित्र कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ४ सय २६ पुगेको छ । कोरोना मुक्त हुनेको संख्या १७ हजार १ सय २४ पुगेको छ । बँ“केमा कोरोना संक्रमणबाट ३ सय ११ र बाहिर जिल्लाका ३६६ को ज्यान गएको छ । हाल ३१ जनाको आईसीयुमा राखेर उपचार भइरहेको छ । ३ सय ६७ संक्रमित समान्य उपचारका क्रममा रहेको कोरोना १९ संकट व्यवस्थापन समितिले जनाएको छ ।

     

  • २६ असार २०७८, शनिबार १०:०९ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा