नेपालगन्ज । दांग घोराही उपमाहानगर पालीका वडा नम्बर २ निवासी मेघराज कालाथोकी मलेसीयामा हेपाटाइटीस विरामीले सिकीस्त भएर थला परेका छन् । उनी स्कुरेटी गार्डमा कार्यरत थिए । काम गर्ने करार अवधि सकिएको छ तर कम्पनीले आजभोली नेपाल पठाई दिने भन्दै आलटाल गरेको भन्दै उनले फेसबुक लाईभ गर्दै आफू आफू सिकिस्त बिरामी भएको जनाएका छन् । उनले नेपाल सरकारसंग उद्दारको माग गर्दै आफू नेपाली भूमिमै मर्न चाहेको ईच्छा व्यक्त गरेका छन् । उनले आफूसंग पैसा सकिएको भन्दै सहयोगका लागि ०११६४५२५५८१ मा सम्पर्कका लागि आग्रह गरेका छन् ।नेपालगन्जमा व्यवसाय गर्दै आएका मेघराजका भान्जा कोमानन्द शर्माले माामाको चाहना नबाँचे पनि नेपालमा यो जन्मभूमिमा मर्ने छु यो सन्देश सरकार समक्ष पुगाइदिन आग्रह गरेका छन् । उनले दस्ताबेज डटकमसंग कुरा गर्दै बिदेशी भूमिमा विरामी भएर तडपिरहेको नेपालीलाई उद्दार गरी दिन सरकारसंग आग्रह गरेका छन् ।