नेपालगन्ज भन्सारले उठायो २० अर्ब ७७ करोड राजस्व, लक्ष्य भन्दा १६ प्रतिशत बढी – Dastabej

नेपालगन्ज भन्सारले उठायो २० अर्ब ७७ करोड राजस्व, लक्ष्य भन्दा १६ प्रतिशत बढी


  • दस्तावेज

  • नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षमा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । गत चैत मसन्तमा १५ अर्ब राजस्व संकलन गर्ने लक्ष्य ताोकिएकोमा ३ अर्ब बढाएर १८ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएके थियो । असारको २४ गतेसम्म नेपालगन्ज भन्सार कार्यालयले लक्ष्य भन्दा १६ प्रतिशतबढी राजस्व संकलन गरिसकेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जय बहादुर भण्डारीले बताए । हाल २० अर्ब ७७ करोड राजस्व संकलन गरिसकेको छ, जुन १०१ प्रतिशत राजस्व हो । आर्थिक बर्ष पुरा हुनका लागि केही दिन बाँकी रहेकाले राजस्व अभैm थप हुने नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । निषेधज्ञा खुकुलो भएसंगै नेपागन्ज भन्सार कार्यालयमा राजस्व बृद्धि हुदै गएको छ । औषतमा दैनिक ५ करोड राजस्व नेपालगन्ज भन्सार कार्यालयमा उठने गरेको छ । भारतबाट । समान बढी आयत हुदां १० करोडसम्म दैनिक राजस्व संकलन भैरहेको भन्सार कार्यालयले जनाएको छ । कोरोना संक्रमणका कारण राजस्व संकलनमा अंशिक रुपमा प्रभाव परेको थियो । लकडाउन भएको बैशाख र जेष्ठ महिनामा नेपालगन्ज कार्यालयले ९५ प्रतिशतसम्म राजस्व संकलन गरेको छ । खाद्यन्न, कच्चपदार्थ, पेट्रोलियम पदार्थ लगायत्का समानहरु नेपालगन्ज भन्सार कार्यालयबाट बढी आयात हुने गर्दछ । जसबाट बढी राजस्व संकलन हुने गरेको छ । ६५ किलोमिटर खुला सिमाना भएकाले बाँकेमा राजस्व चुहावत् पनि हुने गर्दछ । जसलाई रोकथाम गर्नका लागि नेपालगन्ज भन्सार कार्यालय, शसस्त्र प्रहरी, जिल्ला प्रशासन लगायत्का सरोकारवाला निकायले संयुक्तरुपमा नियन्त्रणका लागि प्रयास गर्दै आएकाछन् । देशभरीमा बढी राजस्व संकलन गर्ने भन्सार कार्यालय मध्ये नेपालगन्ज भन्सार पनि एक हो । यो भन्सार कार्यालयमा चोरी निकासीका बिरुद्धमा बढी मुद्दा पर्ने भन्सार कार्यालय पनि नेपालगन्ज नै हो । नेपालगन्ज भन्सार कार्यालयमा चिनी, लत्ताकपडा खद्यान्न पशुपंक्षी तरकारी लगायत्का समानहरु चोरी निकासीबाट बढी पक्राउ पर्ने गरेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ

  • २६ असार २०७८, शनिबार १५:५५ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान