रेडपाण्डाको छाला र भालुको पित्तसहित ३ जना पक्राउ – Dastabej

रेडपाण्डाको छाला र भालुको पित्तसहित ३ जना पक्राउ


  • दस्तावेज

  • नेपालगन्ज । प्रहरीले संरक्षित रेडपाण्डाको छाला र भालुको पित्त सहित ३ जनालाई पक्राउ गरेको छ । शनिबार साँझ नेपालगन्ज उपमहानगरपालिका वडा नं १ पुष्पलाल चोकस्थित रहेको राप्ती गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरिएको हो । संरक्षित वन्यजन्तुका अंगको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको अनुसन्धान समुह तथा बाँके प्रहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार साढे ८ बजेको समयमा दाङ घोराही उपमहानगरपालिका वडा नं ४ वस्ने वर्ष ४९ को भक्तबहादुर पुन, ४१ बर्षीय केशव पुन र शान्तीनगर गाउँपालिका १ वस्ने वर्ष २९ का रोबिन बुढालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    बाँकेमा कहाँबाट आउँछ पाटे बाघको छाला ?

    उनीहरुबाट कालो झोला भित्र सेतो कपडा भित्र रहेको संरक्षित रेडपाण्डा (हाब्रे) को छाला थान १, भालुको पित्त बरामद भएको छ । वन ऐन २०७६, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम ५ लाख देखि१० लाख सम्म जरिवाना र ५ वर्ष देखी १५ वर्ष सम्म कैद वा दुवै सजाय तोकिएको छ ।

     

  • २७ असार २०७८, आईतवार १२:३२ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट