नेपालगन्ज उपमहानगरद्धारा कोरीयनपुरमा रुख मास्ने गरी पेटीमा मिनी मार्केट निमार्ण – Dastabej

नेपालगन्ज उपमहानगरद्धारा कोरीयनपुरमा रुख मास्ने गरी पेटीमा मिनी मार्केट निमार्ण


  • सुनिल रेग्मी

  • नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले कोरीयनपुर र भेरी प्राविधिक शिक्षालय (बिटीएस) जाने मुल सडकको दक्षिण पेटी छेउमा हुर्किसकेको रुखहरुलाई मार्ने गरी मिनी मार्केट निमार्ण गरिरहेको छ । सर्वसाधारण हिडडुल गर्ने पेटीलाई हरियाली बनाउन दुई वर्षअघि छतिवन (अर्नामेन्टल) लगायतका सुन्दर रुखहरु रोपिएका थिए । उक्त रुख हाल हुर्किसकेका छन् । रुख हुर्किएपछि कोरियनपुर प्रवेशद्धारा हाराभरा हेर्न लायक सुन्दर देखिन्छ । तर मिनी मार्केट बनाउन सुरु भएपछि हुर्केका रुखहरु मासिन थालेको छ । रुख छेउछाउमा आरसीसी पक्की ढलान गरिदै छ । रुखमाथि फलामको डन्डी राखेर टिनले छाउने योजना छ । तर मिनी मार्केट बनाउन फलाक डण्डी र टिन छाउनका लागि संरचना बनाउँदा रुखलाई ठूलो क्षति पुग्न थालेको छ ।


    मिनी मार्केट निमार्णले हुर्केको रुखहरु मर्ने र पेटीमा सर्वसाधारणहरुलाई हिड्न समस्या हुने स्थानीय बताउँछ्न् । ‘पेटीमा फुटफाठ व्यापार गर्दा नगरपालिकाले समान जफत गर्छ । तर आफै रुख रोपेको रुख मार्ने गरी पेटीमै मिनी मार्केट बनाउन थालेको छ,’ कोरीयनपुरका स्थानीय रबीलाल आचार्य भन्छन्,‘नगरपालिकाले नहुने काम गर्न थालेको छ ।’ तर नगरपालिकाले भने मेडिकल कलेज अगाडि ठेला, पेटीमा फुटकर व्यापार गर्नेहरुलाई व्यस्थितरुपमा राख्न मिनी मार्केट निमार्ण गरिरहेको दाबी गरेको छ । उक्त मिनी मार्केटका लागि उपमहानगरपालिकाले ४० लाख बजेट खर्च गर्दै छ । मिनी मार्केटले रुखहरु मास्न थालेपछि कोरियनपुरको सौन्दर्यतामा असर परेको र पछि फोहोर हुने भन्दै विरोध गरेका छन् । उनीहरुले मिनी मार्केट निमार्णपछि भिडभाड हुने सडक जाम हुनसक्ने जनाएका छन् ।डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेशबहादुर खडकाले रुख रोपेर हरियाली बनाउने वा शहर मरुभुमि बनाउने अधिकार नगरपालिकाकै रहेको बताए । हामीले त्यसमा केही गर्न सक्दैनौ, उनले भने ।

  • २७ असार २०७८, आईतवार १४:३५ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु