रुख नमास्ने मेयर डा.राणाको प्रतिबद्धता तर हाँगा काटियो,पेटीमा मिनी मार्केटको सर्वत्र विरोध – Dastabej

रुख नमास्ने मेयर डा.राणाको प्रतिबद्धता तर हाँगा काटियो,पेटीमा मिनी मार्केटको सर्वत्र विरोध

दस्ताबेज फ्लोअप


  • सुनिल रेग्मी

  • नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्सेर राणाले कोरियनपुर प्रवेश द्धारामा निमार्ण भइरहेको व्यवसायीक मिनी मार्केट हुर्किसकेको रुख नमास्ने गरी बनाउने प्रतिबद्धता जनाएका छन् । उनले फेसबुकमा रुख नमास्ने गरी मार्केट निमार्ण भइरहेको बताएका हुन ।

    दास्ताबेज डटकमले नेपालगन्ज उपमहानगरद्धारा कोरीयनपुरमा रुख मास्ने गरी पेटीमा मिनी मार्केट निमार्ण शिर्षकको समाचार प्रकाशित गरेपछि उनले उक्त प्रतिबद्धता जनाएका हुन । उनले रुख नमास्ने प्रतिबद्धता जनाए पनि  मिनी मार्केट निमार्णकै क्रममा रहँदा रुखका हाँगा काट्ने, भाँचिने कार्य सुरु भएको छ । रुख मास्ने गरी मिनी मार्केट निमार्ण हुन थालेपछि त्यस्को विरोध हुन थालेको छ ।
    नेपालगन्जका मोहन लम्सालले कृपया कुनै बहानामा बोटबिरुवा नमास्न आग्रह गरेका छन् । त्यस्तै रबीन्द्रमान शेरचनले नगरपालिकाकोे रुख मास्नु दुखद खबर भन्दै पर्यावरण बिरोधी कदम भएको संज्ञा दिएका छन् । मार्केट निमार्णका लागि फलामको डण्डी गड्दा रुखको हाँगा काट्नु परेको हो । टिन छाउनका लागि संरचना निमार्ण गर्दा रुख छोपिन थालेको छ । जसका कारण रुख मरेर जाने सम्भावन देखिएको छ ।

  • २८ असार २०७८, सोमबार १६:०७ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु