नेपालगन्ज । माओवादि शस्त्र युद्ध पीडित उषा थापाले नयाँ घर पाएकी छन् । बढैयाताल गाउँ पालिका, वार्ड नं ९ स्थित ऐलानी जग्गाकोे झुप्रो बस्दै आएको खबर समाजिक सन्जालमा आए पछि नेपाल सरकारका पुर्ब सचिब भिम उपाध्यायले उषाको घर निर्माणका लागि अभियान सुरु गरेका थिए । त्यसको संयोजनको जिम्मा बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदीले गरेका थिए । उनका अनुसार पहिलो सहयोग बेलायत निवासी इशा गुरुङले ५० हजार सहयोग पठाएकी थिईन ।
घर निर्माणका लागि ५ लाख ३१ हजार १ सय ६६ खर्च भएको थियो । त्यस मध्ये उषाको खाताबाट ३ लाख ८५ हजार बाँकी रकम १ लाख ४६ हजार १ सय ६६ रुपैयाँ तराइ मधेस बिपन्न बस्ती निर्माण कार्यक्रमबाट गाउँ पालिकले सहयोग गरेको हो । निर्माण कार्य संपन्न भइसकेको घरमा फर्स गर्न बाँकी नै छ ।
घर निमार्ण संयोनककर्ता सुबेदीले सहयोगी मनहरुलाई हार्दिक धन्यबाद दिएका छन् । जग्गा उपलब्ध गराई दिने गाउँ पालिका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष दिपा गौतम, वार्ड नं ९ का वार्ड अध्यक्ष कान्छु थारुलाई बिशेष धन्यबाद दिएका छन् ।उनले सामाजिक सन्जालमा घर निमार्णको विवरण सार्वजनिक गर्दै उषाको नामा रहेको खातामा ३ लाख ९२ जम्मा भएको थियो । सहयोग रकम कबोल भएको मध्ये रु २०हजार उठ्न बाँकी छ । बर्दियाको गणेशपुरमा नेपाली सेना र माओबादीबीच दिउँसै भिडन्तपछि भारत छिरेकी उी पार्टीसंग संपर्क बिच्छेद भएकी थिईन । उक्त भिडन्तमा माओबादी तर्फ निकै ठूलो क्षति भएको थियो । पसेपछि उनी बैबाहिक जीबनको सुरुवात गरेकी थिईन ।