वन्यजन्तु बस्ती पस्नासाथ ‘साइरन’ – Dastabej

वन्यजन्तु बस्ती पस्नासाथ ‘साइरन’


  • दस्तावेज

  • बर्दिया — गाउँमा बन्यजन्तु पस्नासाथ साईरन बज्छ । स्थानीयहरु सजग हुन्छन् । यो नयाँ प्रविधिले मानवीय क्षति कम हुने विश्वास गरिएको छ । बर्दिया राष्ट्यि निकुञ्जबाट वन्यजन्तु बस्तीमा छिरेर जनधनको क्षति गर्दै आएपछि नयाँ प्रविधि जडान गरिएको हो । बर्दियामा निकुञ्जको मध्यवर्ती क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको छ । वन्यजन्तु प्रभावित मधुवन नगरपालिकास्थित पत्थरबोझी, सोनाहा, कैलाशी, भगरैया र हात्तीसारमा साइरन जडान गरिएको निकुन्ज प्रशासनले जनाएको छ । अर्को बन्यजन्तु प्रचावित गेरुवा गाउँपालिकाको राजीपुर र सर्खोलमा साइरन जडान अन्तिम चरणमा छ । हात्तीले हरेक वर्ष बालीनाली नष्ट पार्ने, घर भत्काउने र अक्रामण गरेर सर्वसाधारणको ज्यान समेत लिने गरेको छ । अग्रिम सूचना प्रणाली साइरनले मोबाइल एप्समार्फत जानकारी दिने व्यवस्था मिलाइएको छ । वन्यजन्तु गाउँतिर आएपछि मचानमा जडान गरिएको साइरन बज्ने गर्छ । बर्दिया निकुञ्ज र डिभिजन वन कार्यालयको समन्वयमा उज्यालो नेपाल, आयूसीएन नेपाल र ग्लोबल नेचर कोषको १० लाख रुपैयाँ सहयोगमा अपसेट फेन्स प्रविधिमा आधारित रहेर विद्युतीय तारबारसहित साइरन जडान गरिएको वन्यजन्तु प्रभावित मधुवन नगरपालिकास्थित पत्थरबोझी, सोनाहा, कैलाशी, भगरैया र हात्तीसारमा साइरन जडान गरिएको हो ।
    गेरुवा गाउँपालिकाको राजीपुर र सर्खोलमा साइरन जडान अन्तिम चरणमा छ । हात्तीले बालीनाली नष्ट, घर भत्काउने र ज्यान लिन थालेपछि अग्रिम सूचना प्रणाली साइरनले मोबाइल एप्समार्फत जानकारी दिने व्यवस्था मिलाइएको उज्यालो नेपालका अभियन्ता एवं पूर्वप्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताए । बर्दिया निकुञ्ज र डिभिजन वन कार्यालयको समन्वयमा उज्यालो नेपाल, आयूसीएन नेपाल र ग्लोबल नेचर कोषको १० लाख रुपैयाँ सहयोगमा अपसेट फेन्स प्रविधिमा आधारित रहेर विद्युतीय तारबारसहित साइरन जडान गरिएको थापाले जनाए । एक दशकयता उक्त क्षेत्रमा हात्ती आक्रमणबाट २० जनाको ज्यान गइसकेको छ । ५ सयभन्दा बढी घर भत्काएको निकुञ्जले जनाएको छ । वन्यजन्तुले सयौं बिघा जग्गाको अन्नबाली नष्ट गर्दै आएको स्थानीयले बताए । वन्यजन्तुको निगरानी गर्न हरेक मचानमा समुदायले पालैपालो खटाएका मानिसले साइरन बजाउने र मोबाइल एप्सबाट जानकारी दिने गर्छन् ।

     

  • २९ असार २०७८, मंगलवार १५:२८ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश