अमेरिकन फौजी किराले सयौ बिगहाको मकैबाली सखाप – Dastabej

अमेरिकन फौजी किराले सयौ बिगहाको मकैबाली सखाप


  • शम्भुप्रसाद थारु

  • नेपालगन्ज । बर्दियाको बढैयाताल गाउँपालिकाको सयौ बिगहामा लगाएको मकैबाली अमेरिकन फौजी किराले सखाप पर्न थालेको छ । बढैयाताल गाउँपालिकाको वडा नम्बर ३,४ र ५ मा लगाएको मकैबालीमा अमेरिकन फौजी किरा देखा परेको हो । वडा नम्बर ४ को बुटहा, दक्षिण भकारी, मानकिनार, वडा नम्बर ५ को फुलबारी, बढैया वडा नम्बर ३ को सोरहवा गाउँका किसानले लगाएको सयौ बिगहामा किराको प्रकोप देखिएको छ । किराको प्रकोप सबै भन्दा बढी वडा नम्बर ४ को बुटहा र दक्षिण भकारी गाउँको मकैबालीमा देखा परेकोछ । बारीको आधा मकै किराले खाएर शखाप बनाईसकेको बुटहा गाउँका किसान संगिता थारुले बताईन । मकैको घोँघा आउँदासम्म सबै मकै किराले सखाप हुने उनले दुखेसो पोखे । यस्तै दक्षिण भकारीका किसान शुकदेव थारुले पनि गाउँका किसानले लगाएको करिब बिसौ बिगहा मकैबाली किराले सखाप पार्न लागेको बताए । यसका लागि बढैयाताल गाउँपालिकाको कृषि शाखामा जानकारी गराउँदा पनि किरा व्यवस्थपनका लागि कुनै ठोस पहल हुन नसकेको थारुले गुनासो गरे । यस्तै वडा नम्बर ३ सोरहवा गाउँका किसान मनोज चौधरीले पनि गाउँका किसानहरुले लगाएको करिब ६० बिगहा मकैबालीमा किरा देखा परिसकेको बताए । यदी किराको समयमै रोकथाम तथा उपचार हुन नसकेमा सबै मकै सखाप हुने थारुको भनाई थियो । ती क्षेत्रका मकैबालीमा बर्षेनी अमेरिकन फौजी देखा पर्ने गरेको किसानहरुले बताएकाछन् । पराम्परादेखि बर्खो मकै खेती गर्दै आएका किसानहरुले बर्षेनी अमेरिकन फौजीको प्रकोपबाट क्षति व्यहोर्दै आएकाछन् । स्थानी बुटहा गाउँका ७० बर्षका किसान लौघा थारुले भने मकै बालीमा लाग्ने किरालाई स्थानीय भाषामा बच्का भन्ने गरिन्छ । यो किराले ५० औं बर्षदेखि किसानको मकैमा क्षति पुर्याउदै आएको थारुले बताए । बढैयाताल गाउँपालिकाको कृषि शाखाका प्रमुख दिपेन्द्र श्रीवस्तव संग कुरा गर्दा अहिले किराको बारेमा कुनै जानकारी नभएको बताए । किरा मार्नका लागि इमिडाक्लोरोपिड र इमाष्टिक बेन्जेट नामक दुई थारीको बिषादी हाल्नका लागि सुझाव दिए । यस्तै एकिकृत कृषि तथा पशुपंक्षी बिकास कार्यालय बर्दियाका प्रमुख बिनोद घिमिरे पनि अहिले सम्म अमेरिकन फौजी किराको बारेमा कुनै किसानले जनाकारी नगराएको बताए । प्रकोप नियान्त्रणका लागि कार्यालयबाट बिषादी उपलब्ध गराउने उनले बताए । केही समयमा उक्त क्षेत्रमा अनुगमन जाने पनि प्रमुख घिमिरेले जनाकारी गराए ।

  • २९ असार २०७८, मंगलवार १७:३८ प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ