एक महिनादेखि पानी परेन, सुक्न थाल्यो रोपो - Dastabej

एक महिनादेखि पानी परेन, सुक्न थाल्यो रोपो


  • दस्तावेज

  • नेपालगन्ज । दुई दशककै ईतिहासमा छिटो रोपाई गर्न पाएपछि खुसी किसान पछिल्लो एक महिनादेखि पानी नपरेपछि चिन्तित हुन थालेका छन् । रोपाई गरेको खेतमा पानी सुकेपछि रोपो मर्न अवस्थामा पुगेको छ । सिंचाई सुविधा नभभएको खेतको रोपो सुक्न थालेको छ । यो वर्ष समयमै पानी परेपछि किसानहरुले असारको दोस्रो तेस्र्रो हप्तामा धमाधम रोपाई सकेको छन् । जानकारहरुका अनुसार यति छिटो रोपाई सकिन लागेको यो दुई दशकपछि हो । समयमै पानी परेपछि किसानले जेष्ठ महिनाको दोस्रो सातामै ब्याड राखेका थिए । बाँकेमा सिंचाई अभावमा भदौको अन्तिमसम्म रोपाई गर्नुपर्ने बाध्यता थियो । ट्युबेलले ंिसंचाई गरेर रोपाई गर्थे । खजुरा गाउँपालिका उढरापुरका किसान औतर यादवले पानी नपरेका कारण रोपो सुक्न थालेको दुखसो पोखे । छिटै धान रोप्न पाएपछि निकै खुसी थियौँ । तर एक महिनादेखि पानी नपरेकाले रोपो सुक्न थालिसक्यो, उनले भने ।
    बाँकेको सुख्खा क्षेत्र कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा, जानकी गाउँपालिका किसानले पनि धान रोपाई सकेका थिए । बाँकेमा ५२ हजार २ सय ३८ हेक्टर खेती योग्य जग्गा छ । ३६ हजार ५ सय हेक्टर जग्गामा धान खेती हुन्छ । आकासे बर्षाले साथ दिएको बर्ष बाँकेमा करिव १ लाख ३८ हजार ७ सय टन धान उत्पादन हुने गरेको छ । त्यस्तै बर्दियामा ५२ हजार २ सय ५० हेक्टर जग्गामा धान रोपाई हुने गरेको छ । बर्दियामा अधिकांश क्षेत्रमा रोपाई सकिएको छ । सिक्टा सिंचाई आयोजना पूरा भएमा ५२ हजार हेक्टर जग्गामा सिंचाई पुग्ने लक्ष्य छ । छिटो तयार हुने धानको बीउ राखेको २५ दिनसम्म रोपाई गरे उत्पादन बढ्छ । बाँकेमा कुल खेती योग्य जमीनको १५ हजार हेक्टर क्षेत्रफल (३० प्रतिशत) क्षेत्रमा मात्रै सिंचाई सुविधा छ । तर, पनि सिंचाईको राम्रो सुविधा छैन । सिंचाइंं सुविधा नभएको स्थानमा किसानहरुले साना ट्युबेल जडान गरेका छन् । तर रोपाईका लागि त्यसबाट प्रयाप्त सिंचाई गर्न मिल्दैन । धान उत्पादन बढाउन १५ प्रतिशत उन्नत बीउ र ५० प्रतिशत रसायनिक मलले काम गर्दछ । बुढो व्याडलाई घनारुपमा रोपाई गर्न कृषि अधिकारीहरुको सुझाव छ ।

     

     

  • ३० असार २०७८, बुधबार १५:३५ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता