फत्तेपुर र नरैनापुर कोलहा उत्कृष्ट स्मार्ट कृषि गाउँ, २५।२५ हजार पुरस्कार – Dastabej

फत्तेपुर र नरैनापुर कोलहा उत्कृष्ट स्मार्ट कृषि गाउँ, २५।२५ हजार पुरस्कार


  • शम्भुप्रसाद थारु

  •  

    नेपालगन्ज । बाँकेका दुई उत्कृष्ट स्मार्ट कृषि गाउँलाई बुधबार पुरस्कृत गरिएको छ । कृषि तर्फका फत्तेपुर स्मार्ट कृषि गाउँ राप्तीसोनारी ७ फत्तेपुर र पशुतर्फको नरैनापुर स्मार्ट कृषि गाउँ नरैनापुर ६ कोहलालाई पुरस्कृत गरिएको हो । दुबै स्मार्ट कृषि गाउँलाई नगद २५÷२५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ । लुम्बिनी प्रदेशको भुमि, व्यवस्था कृषि तथा शहकारी मन्त्रालयले उत्कृष्ट कृषि र पशु तर्पmका एक एक स्मार्ट कृषि गाउँलाई पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र बाँकेका योजना अधिकृत जिवनकुमार केसीले बताए । फत्तेपुर स्मार्ट कृषि गाउँका कार्यक्रम संयोजक चक्रबहादुर थारुलाई नगद २५ हजार रुपैया र प्रमाण पत्र सहित कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले पुरस्कृत गरेका थिए । उक्त स्मार्ट कृषि गाउँले धान, मकै र आलु उत्पादन गर्दै आएको छ । यस्तै नरैनापुर स्मार्ट कृषि गाउँ कोहलाका कार्यक्रम संयोजक साबिर खाँलाई भेटेनारी अस्पताल तथा पशुबिज्ञ केन्द्रका प्रमुख कमला अधिकारीले नगद २५ हजार र प्रमाण पत्र सहित परुस्कृत गरेकी हुन । उक्त स्मार्ट कृषि गाउँले बाख्रा पालन गर्दैैैैैै आएको छ । बाँकेमा कृषि तर्पm ५ स्मार्ट कृषि गाउँ र पशु तर्पm ४ स्मार्ट गाउँमा कार्यक्रम लागु गरिएको छ । लुम्बिनी प्रदेशले पहिलो पटक यसरी उत्कृष्ट स्मार्ट कृषि गाउँलाई पुरस्कृत गरेको हो । प्रदेश सरकारले कामको उल्यांकन गर्दै स्मार्ट कृषि गाउँ कार्यक्रमका कृषकहरुलाई कृषि तथा पशु उत्पादनमा उर्जा थप्नका लागि कामको मुल्यांकन गरी पुरस्कृत गरिएको मन्त्रालयले जनाएको छ ।

  • ३० असार २०७८, बुधबार १८:०३ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट