नेपालगन्जमा जडान गरिएका आधाभन्दा बढी सिसिटिभि क्यामेरा बिग्रिए – Dastabej

नेपालगन्जमा जडान गरिएका आधाभन्दा बढी सिसिटिभि क्यामेरा बिग्रिए

बिभिन्न चोक र गल्लीमा सुरक्षाका लागि करिब ३४ ठाउँमा सिसिटिभि क्यामेरा जडान गरिएको हो


  • दस्तावेज

  • नेपालगन्ज । सुरक्षा र अपराधका घटनाको अनुसन्धानमा सहज ल्यउन नेपालगन्जमा जडान गरिएका मध्ये आधाभन्दा बढी सिसिटिभि क्यामेरा बिग्रिएर काम नलाग्ने अवस्थामा पुगेको छ । । बिभिन्न चोक र गल्लीमा सुरक्षाका लागि करिब ३४ ठाउँमा सिसिटिभि क्यामेरा जडान गरिएको हो । केही बर्ष अगाडि जडान भएको क्यामेरा नियामित मर्मतसम्भार हुन सकेको छैन । हाल १५÷१६ वटा सिसिटिभि क्यामेरा मात्रै चलेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । अधिकांस क्यामेरा मर्मत सम्भार नभएका कारण बिग्रिएको हो । क्यामेरा मर्मत सम्भार समितिले चासो नदेखाउँदा मर्मत सम्भार हुन नसकेको देखिन्छ । क्यामेरा मर्मत सम्भार भैरहको छ, केही दिनमा सबै चल्ने प्रमुख प्रहरी उपरिक्षक अधिकारीले बताए । सिसि टभि क्यामेरा इलेक्ट्रोनिक समाग्री हो । क्यामेरालाई नियामित मर्मत सम्भार गर्नु पर्छ । प्रबिधिकको व्यवस्था, मर्मतका लागि आर्थिक स्रोत र समाग्रीको अभावका कारण क्यामरा नियामित संन्चालन हुन नसकेको देखिन्छ ।
    सडक र चोकमा जडान गरिएका क्यामेराका माध्यमबाट नेपालगन्जमा ठूलाठूला अपराधिक घटनाहरुको अनुसन्धान सफल भएका थिए । त्यस्तै मोटरसाईलक चोरी, घरबाट भागेका घटनाहरु पनि सिसिटिभी क्यामेराले पत्ता लागेका थिए ।

  • ३१ असार २०७८, बिहीबार १०:४० प्रकाशित

  • Nabintech
  • १. डुडुवा खोलामा पौडी खेल्ने क्रममा बाँके नेपालगन्जका तीन युवाको मृत्यु
  • २. टोकियो ओलम्पिकः जुडोमा बाँकेकी सोनिया रुसकी इरिनासंग भिड्डै, जित सोनिया जित
  • ३. नेपालगन्ज मेडिकल कलेजको डेढ अर्बको शेयर किन्ने सुनिल शर्मा को हुन ?
  • ४. मजुदरी गर्न महिलाहरुद्धारा दैनिक ४० किमी साईकिलिङ
  • ५. कोहलपुरमा ८२ बर्षीया बृद्ध महिलाको हत्या घटना,प्रहरी अनुसन्धानले भन्छः ‘बदला लिन’
  • ६. नेपालगन्ज नाका भएर भारत पसेका साढे तीन सय महिला हराए
  • ७. दिलवाले नेपालगन्जः जसले सल्यानी र दैलेखीलाई मुटुमै सजाएर राख्यौ