कोरियनपुरको पेटीमा मिनी मार्केट, मेयरले झुक्याउँदै,रुखका हाँगा काट्दै (भिडियोसहित) – Dastabej

कोरियनपुरको पेटीमा मिनी मार्केट, मेयरले झुक्याउँदै,रुखका हाँगा काट्दै (भिडियोसहित)

दस्ताबेज फ्लोअप


  • दस्तावेज

  • नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले कोरीयनपुर र भेरी प्राविधिक शिक्षालय (बिटीएस) प्रवेश मुल सडकको दक्षिण पेटी छेउमा हुर्किसकेको रुखले हरियाली थियो, हेर्दे रोमान्च लाग्ने । उपमहानगरनले सुरुमा इटा खसाल्यो । स्थानीयले मेसो नै पाएनन् । केही दिनमै रुखको छेउछाउमा ईटा राखेर फर्स गरियो । स्थानीयले हरियाली रुखमुनि बस्ने व्यवस्था मिलाईछ भन्ने बुझे । त्यसैले विरोध भएन । केही दिनपछि फलामको पाईप गाडियो, रुखको उचाईसम्मै । स्थानीयले रुख जोगाउन बार लगाईदै बुझे । फर्समा बस्न मिल्ने र फलामको बारले रुख जोगिने देखिएपछि कोही बोलेनन् । जब सरचना तयार हुँदै गयो, स्थानीयले त्यस बारे खोज्न थाले । वडामा गएर बुझ्दा त्यो व्यवसायिक मिनी मार्केट पो रै छ । छानो लगाउन नमिल्ने भएपछि रुखका हाँगाहरु दनादन काटिएका छन् । हरियाली नाममात्रैमा सिमित हुन पुगेको छ । स्थानीयले हुर्किसकेको रुख काटन नहुने अडान राखेका छन् । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले पनि रुख नकाट्ने प्रतिबद्धता जनाई रहेका छन् । तर संरचना बन्दै जाँदा रुखको हाँगा काटिदै लैगिदै छ । जसका कारण रुख मास्ने खतरा बढेको छ । रुखको वरीपरी पीपीसी गर्ने, फलाम गाड्ने अनि हाँगा काट्दै जाने । त्यसपछि मान्छेको आउजाउ बढ्ने र रुख मरेर जानेछ । मेयरले हामीलाई झुक्याउँदै छन, कोरियनपुरका सरोज शर्मा भन्छन्, हिजो हाँगा काटियो । भोली रुख नकाटिए पनि मरेर जाने छ । हरियाली नास हुने छ ।

    तर मेयर डा. राणाले रुख काटन नगरी मुछान गरेको दाबी गर्छन । बुझेर मात्रै समाचार लेखाँै, उनले भने । मिनी मार्केटको संरचना तयार हुँदै गएको छ । छानाले रुख बढ्नमा समस्या उत्पनन गर्नेजस्तो संरचना बनाइएको छ । सडक पेटीमा सर्वसाधारणहरु हिडने स्थानमा मिनि मार्केट निमार्णले स्थानीय खुसी छैनन् । मिनी मार्केट निमार्णले हुर्केको रुखहरु मर्ने र पेटीमा सर्वसाधारणहरुलाई हिड्न समस्या हुने स्थानीय बताउँछ्न् । ‘पेटीमा फुटफाठ व्यापार गर्दा नगरपालिकाले समान जफत गर्छ । तर आफै रुख रोपेको रुख मार्ने गरी पेटीमै मिनी मार्केट बनाउन थालेको छ,’ कोरीयनपुरका स्थानीय रबीलाल आचार्य भन्छन्,‘नगरपालिकाले नहुने काम गर्न थालेको छ ।’ तर नगरपालिकाले भने मेडिकल कलेज अगाडि ठेला, पेटीमा फुटकर व्यापार गर्नेहरुलाई व्यस्थितरुपमा राख्न मिनी मार्केट निमार्ण गरिरहेको दाबी गरेको छ । उक्त मिनी मार्केटका लागि उपमहानगरपालिकाले ४० लाख बजेट खर्च गर्दै छ ।

  • ३१ असार २०७८, बिहीबार १५:५३ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु