लुम्बिनी प्रदेशको बजेट पारित नहुँदै अधिबेशन अन्त्य, कसरी चल्छ चालु वर्षको आर्थिक गतिबिधि ? – Dastabej

लुम्बिनी प्रदेशको बजेट पारित नहुँदै अधिबेशन अन्त्य, कसरी चल्छ चालु वर्षको आर्थिक गतिबिधि ?


  • दस्तावेज

  • नेपालगन्ज— बजेट पारित नहुँदै लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले बिहीबार मध्यराति बजेट अधिवेशन अन्त्य गरेपछि नयाँ आर्थिक वर्ष ०७८।७९ को बजेट अन्यौलमा परेको छ । बजेट पारित नभएका कारण आजबाट शुक्रारबाट लागु हुने आर्थिक वर्षका कार्यक्रम प्रभावित हुने छन् । बजेट पारित गराउन मुख्यमन्त्री पोखरेलले बहुमत जुटाउन नसक्ने अवस्था देखेपछि सत्तापक्षले नै प्रदेशसभा बैठक बहिष्कार गरेको विपक्षी गठनबन्धनको आरोप छ । नीति तथा कार्यक्रम र बजेटमाथिको मतलाई सरकारमाथिको विश्वासका रूपमा समेत हेरिन्छ ।आर्थिक वर्षको अन्तिम दिनसम्म बजेट पारित गराउन नसकेकाले लुम्बिनी सरकारको बजेट के हुने हो अन्यौलता सृजना भएको छ । पदेश सरकारले असार १ मा बजेट ल्याएको थियो । बिहिबार मुख्यमन्त्री पोखरेलले सहमतिमै बजेट पारित गर्न विपक्षी गठबन्धनलाई आग्रह गरेका थिए । तर गठबन्धनका कांग्रस, नेकपा माओवादी, उपेन्द्र यादव समूहको जसपा, जनमोर्चाका सांसदहरुले विपक्षमा मतदान गर्ने निर्णय गरेपछि बजेट पारित हुन नसकेको हो । सभामुख पूर्णबहादुर घर्तीमगरले बजेट पारित गर्ने प्रक्रियामा लैजान खोजेपछि सत्तापक्षका मुख्य सचेतक भूमिश्वर ढकाल उठेर सहमतिका लागि छलफल गर्न समय माग गरेका थिए । सभामुखले विपक्षी गठबन्धनको धारणा माग्दा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले प्रक्रियामा लैजान आग्रह गरे । प्रमुख प्रतिपक्षी दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले पनि सहमतिको प्रयास असफल भएकाले अब प्रक्रिया थाल्नुपर्ने बताए । तर उनको भनाइ पूरा हुन नपाउँदै मुख्यमन्त्री पोखरेल कुर्सीबाट उठे र अन्य मन्त्रीलाई संकेत गर्दै बाहिरिएको गठबन्धनको आरोप छ ।
    सत्तापक्षका प्रमुख सचेतकको आग्रहमा सभामुखले छलफलका लागि आधा घण्टाको समय उपलब्ध गराए तर बाहिर गएका सत्तापक्षका सदस्यहरू नफर्किएको दाबी छ । सरकारले असार १ मा ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।
    ८३ सदस्यीय प्रदेशसभामा हाल सरकारको पक्षमा नेकपा एमालेका ३८ र जसपाको महन्त ठाकुर पक्षका तीनसहित ४१ जना छन् । विपक्षी गठबन्धनमा सभामुखसहित ४२ जना छन् । बजेट छलफलमा सहभागी हुने गरी मंगलबार काठमाडौंबाट बुटवल पुगेका अजय शाही बिरामी परेको भन्दै बुधबार काठमाडौं नै फर्किएपछि सत्तापक्षको बहुमत नपुगेको बिपक्षी गठबन्धनकोे तर्क छ । उनी एमालेको सूर्य चिह्नबाट नवलपरासी निर्वाचन क्षेत्र नं १ (ख) बाट निर्वाचित हृदयेश त्रिपाठी समूहका हुन । उनले काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना भएको जानकारी गराउँदै बैठकमा उपस्थित हुन नसक्ने जनाएपछि सत्तापक्ष कमजोर देखिएको हो ।
    शाहीको अनुपस्थितिमा सत्तापक्षमा ४० र विपक्षीमा सभामुखबाहेक ४१ मत स्पष्ट देखिएको छ । सत्तापक्षले बैठक बहिष्कार गरेको नभई छलफलका लागि बाहिरिएको दाबी गरेको छ ।  ।

  • १ श्रावण २०७८, शुक्रबार ११:१४ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश