सडक पेटीमा मिनी मार्केट निमार्णः बिरुवा रोप्दादेखि काट्दासम्म (फोटो फिचर) – Dastabej

सडक पेटीमा मिनी मार्केट निमार्णः बिरुवा रोप्दादेखि काट्दासम्म (फोटो फिचर)


  • दस्तावेज

  • नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले वडा न १२ कोरियनपुर प्रवेशद्धारको सडक पेटीमा मिनी मार्केट निमार्णका नाममा हुर्केका छतिवनको रुख मास्न थालेपछि सामाजिक सन्जालमा विरोध भइरहेको छ । दस्ताबेज डटकमले मिनी मार्केटको संरचना निमार्ण गर्दा दैनिक रुख मास्ने कार्य भइरहेको समाचार र भिडियो मार्फत निरन्तर फ्लोअप गरिरहेको छ । मेयर डा. राणाले रुख नकाट्ने दाबी गरिरहँदा संरचना निमार्णका कारण मास्दै गएको छ । विरुवा रोप्दादेखि काट्दासम्मको फोटो फिचर ।

    १) दुई वर्षअघि पुर्ब शहरी विकास मन्त्री इस्तियाक राई र वडा न. १२ का अध्यक्ष बुद्धीसागर सुवेदी कोरीयनपुर र भेरी प्राविधिक शिक्षालय प्रवेशद्धार सडकको दक्षिण तर्फ  बृक्षारोपण कार्यक्रमको उदघाट्न गर्दै ।

    २) कलेज अफ अलाईड नेपालगन्जका सन्चालक तथा कर्मचारीहरु बृक्षारोपणमा सहभागि हुँदै । उक्त कलेजले रोपिएको विरुवा जोगाउन ट्री गार्ड सहयोग गरेको थियो ।

     

    ३) दुई वर्षपछि यसरी हुर्कियो रुख । स्थानीयका अनुसार हरियालीमा सेल्फी लिन्थे यो बाटो आउजाउ गर्नेहरु ।

    ४) दुई वर्षपछि नेपालगन्ज उपमहानरको आँखा रुखमा लागेपछि सुरुमा यस्तो संरचना बनाइयो । स्थानीयले रुख मुनि बस्न मिल्ने संरचना बन्दै छ भनेर मौन बसे ।

    ५) अनि सुरु भो विनाश दुई दिन अघिको रुखको अवस्था । दुई दिनपछिको अवस्था हेर्नुस ।

    ६) मिनी मार्केटका लागि रुख भएको स्थानमा पीपीसी पक्की फर्स र फलामको डण्डी गाडिदै ।

    ७) मिनी मार्केट निमार्णका लागि टिन लगाउन कटान गरिएका हाँगा रुखका हाँगा काटिए ।

    ८) रुखको हाँगा काटिएपछि सर्वसाधारणहरु दाउराका लागि घर लैजादै ।

    ९) मिनी मार्केटको संरचनामा कैद हुँदै रुख ।

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

  • १ श्रावण २०७८, शुक्रबार १३:३४ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु