नोपलगन्ज । घरेलु तथा साना उद्योग महासंघले शुक्रबार बाँकेका प्रमुख जिल्ला अधिकारी र बाँके प्रहरी प्रमुखसंग परिचयात्मक कार्यक्रम गरेको छ । ा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले घरेलु तथा साना उद्योग व्यवसायिहरुले उत्पादन गरेको समाग्रीहरु बिदेशी बजारसम्म पुर्याउनु पर्ने सुझाए । कुनै समस्या आए समाधन गर्नका लागि तयार रहेको अश्वसन समेत दिए । त्यस्तै बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले घरेलु तथा साना उद्योगीहरुसंग कसैले चन्दा तथा धम्की दिएमा जनाकारी गराउनका लागि व्यवासायिहरुलाई आग्रह गरे । व्यवसायिहरुको सुरक्षाका लागि बाँके प्रहरी तयार रहेको उनको भनाई थियो । कार्यक्रममा घरेलु तथा साना उद्योगीहरुले कोरोनाका कारण उद्योग बन्द गर्नु पर्ने अवस्था आएको बताएकाछन् । घरभडा, बैकको व्याजले उद्योग अधिकांस उद्योग बन्द हुने अवस्थामा पुगेको उद्योगीहरुको गुनासो थियो । घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्काले कोरोनाले गर्दा उद्योग बन्द भएपछि बैकको व्याज र घरभाडा तिर्न निकै समस्या भएको गुनासो गरीन् । कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ बाँकेले कोहलपुर नगर समितिलाई ६५ हजार सहयोग गरेको छ । कोहलपुर नगर समितिका अध्यक्ष हेम जिसिलाई जिल्ला अध्यक्ष मधु खड्काले कार्यक्रमा उक्त चेक हस्तान्तरण गरेकी हुन । कार्यक्रममा कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल, नेपालगन्ज उमहानगरपालिका समाजिक बिकास शाखा प्रमुख शोभा शाह, नेपाल घरेलु तथा साना उद्योग कार्यालय बाँकेका लेखा अधिकृत सुधिर न्यौपाने संघका महिला उद्यामी समितिका अध्यक्ष सुमित्र चौधरी लगायत् उद्योगीव्यवासायिहरुको सहाभागिता थियो ।