नेपालगन्जका ६० वर्ष पुगेका स्वयमसेविकाको विदाई – Dastabej

नेपालगन्जका ६० वर्ष पुगेका स्वयमसेविकाको विदाई


  • दस्तावेज

  •  

    नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले ६० वर्ष उमेर पुरा भएका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान सहित विदाई गरेको छ । शुक्रबार नगर प्रमुख डा. धवलशम्शेर राणा, प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मी र स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई जनही नगद ५० हजारसहित सम्मानपत्रबाट सम्मानित गरेका हुन । ६० वर्ष पुरा भएका महिला स्वास्थ्य स्वयमसेविकाहरुले हालसम्म पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरिएको नगर प्रमुख राणाले बताए । महिला स्वास्थ्य स्वयमसेविकाहरुको सम्मानसहित विदाईका लागि संघीय सरकारले २० हजार रुपियाँ मात्रै उपलब्ध गराएकोमा उपमहानगरपालिकाले ३० हजार थप गरि ५० हजार उपलब्ध गराइएको हो । नेपालगन्जमा २०१ जना महिला स्वास्थ्य स्वयमसेविका रहेकोमा ६० वर्ष उमेर पुरा भएका ३३ जनालाई शुक्रबार औपचारिक विदाई गरिएको छ ।
    महिला स्वास्थ्य स्वयमसेविका नारायणी रुपाखेती, गीता राणा लगायतले आफुहरुले लामो समयसम्म सेवा गरेपनि विदाई हुनेक्रममा सरकारबाट प्रर्याप्त सहयोग नपाएको गुनासो गरे ।

  • १ श्रावण २०७८, शुक्रबार १८:०८ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश