सत्तारुढले मन्त्रिपरिषद् विस्तार गर्न नसकेर माइतीघरको चलिचत्रको गीत म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु भन्न थालेका छन्, पार लाग्दैनः ओली – Dastabej

सत्तारुढले मन्त्रिपरिषद् विस्तार गर्न नसकेर माइतीघरको चलिचत्रको गीत म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु भन्न थालेका छन्, पार लाग्दैनः ओली


  • दस्तावेज

  • काठमाडौँ — नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलहरुले मन्त्रिपरिषद् विस्तार गर्न नसकेर अनेक आश्वासन दिइरहेको आरोप लगाएका छन् । शुक्रबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा ओलीले देउवा सरकारलाई मन्त्रिपरिषद् बिस्तार गर्न सकस परिरहेकोले विभिन्‍न प्रलोभन देखाइरहेको टिप्पणी गरेका हुन् ।
    देउवा सरकारले मन्त्रीमण्डल विस्तार गर्न सकिरहेको छैन । ईकान्तिपुरले लेखेको छ, गठबन्धनले आफ्नो कुनै विषयमा सैद्धान्तिक र राजनैतिक पुष्ट्याइ गर्न सकेको छैन, ओलीको भनाइ उद्धृत् गर्दै सांसद महेश बस्नेतले भने,माइतीघरको चलिचत्रको गीत म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु भन्नेजस्तै म मन्त्री बनाइदिन्छु, म पैसा मिलाइदिन्छु, म सबै कुरा मिलाइदिन्छु भन्न थालेका छन्, पार लाग्दैन ।
    तत्कालीन प्रधानमन्त्री रहेका ओलीले आफूहरुले ल्याएको खोपबारे भ्रम फिजाउन थालिसकेको आरोप बताए । उनले बालुवाटार जग्गा प्रकरणमा मुद्दा परेका कांग्रेस उपसभापति विजयकुमार गच्छदारको रिहाइप्रति पनि आपत्ति जनाएका थिए । विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेपछि फरार रहेका गच्छदार बुधबार अदालत उपस्थित भएका थिए । सोही दिन उनी १० लाख धरौटीमा रिहा भए ।

    ओलीले गच्छदार रिहाइ, आलम आतंक र यातायातको भाडा वृद्धिलाई लिएर देउवा सरकारको आलोचना गरेका छन् ।

    जनहितविरुद्ध काम नगर्ने भन्दै उनले एमालेले रचनात्मक रुपमा प्रतिपक्षको भूमिका खेल्ने बताएका छन् । ुहामी कांग्रेस, माओवादीजस्तो नभएको झुट बोल्दैनौं, सरकारलाई राष्ट्रघात जनहितविरुद्ध काम गर्न दिँदैनौं । रचनात्मक प्रतिपक्षको भूमिका खेल्छौं । उनले अदालतले किर्ते कागजलाई मान्यता दिएको र अल्पमतलाई सरकार बनाउन परमादेश दिएर दलीय संरचना समाप्त गर्ने आधार तयार गरेको आरोप लगाए ।

  • १ श्रावण २०७८, शुक्रबार १८:१९ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान