आफ्नै सफलता देखेर पुर्ब कम्लरी दंगः सन्दर्भ २२ औ कमैया मुक्ति दिवस – Dastabej

आफ्नै सफलता देखेर पुर्ब कम्लरी दंगः सन्दर्भ २२ औ कमैया मुक्ति दिवस


  • दस्तावेज

  • नेपालगन्ज । अरुको घरमा कम्लरी बस्दा शोषित हुनु परेको ब्यथा सुनाउने मुक्तकम्लरी सफलताको कथामा रमाउन थालेका छन् । आफ्नै जीवनमा आएको परिवर्तन देखेर उनीहरु दंग छन् । सफलताले उनीहरुलाई सम्मान दिलाएको छ । समाजले हेर्ने दृष्टिकोणमा पनि निकै परिवर्तन आएको उनीहरुको अनुभव छ । तर, सफलताका लागि मुक्तकम्लरीहरुलाई कम्ति संघर्ष गर्नु परेको छैन । मुक्ति भएको लामो संघर्षपछि उनीहरु सफल हुँदै गएका हुन । ति मध्ये एक हुन बर्दिया राजापुरकी चिल्ली चौधरी । विगतमा कम्लरी बसेकी कृषी समुहमा आबद्ध छन् । त्यही समूह माफर्त तरकारी खेती गरेकी छन् । आफूजस्तै मुक्तकम्लरीहरुलाई पनि समूह मार्फत तरकारी खेतीका लागि आर्थिक सहयोग गर्दै आएकी छन् ।

    ‘सरकारले कम्लरी मुक्तिको घोषणा गरेपछि लामो समयसम्म मजदुरी गरी छाक टा¥यो । गाउँमा कम्लरीको भेला हुन थालेपछि त्यहाँ पनि जान थाले । एक दिन मलाई गाउँमा गठन भएको कचेहेरी केन्द्रको संयोजक बनाई दिएपछि छलफलमा सहभागि ह्ुन पाए,’ मुक्तकम्लरी चिल्लीको अनुभाव साटिन्,‘बैठक र तालिममा सहभागि हुन थालेपछि आफूभित्र लुुकेको शक्ति थाह पाए । समूहको सहयोगमा बेमौसमी तरकारी खेति गर्न थालेपछि दिन फेरिएको छ । कम्लरी भन्नेहरुले पनि मलाई सम्मान गर्न थालेका छन् ।’

    यहाँका मुक्तकम्लरीहरुले बेमौसमी काउली, टमाटर, रायोको साग, तोरीको साग उत्पादन गर्दै आइरहेका छन् । प्रत्येक महिनामा उनीहरु जानकारी लिन कृषि कार्यालय पुग्ने गरेका छन् । तरकारी खेतीबाट आम्दानी गरेको पैसा उनीहरुले समूहमा जम्मा गर्दै आएका छन् । ‘पहिलेपहिले भेलामा बोल्नै धौ हुन्थ्यो । बोल्नै नसकेर कैयो अवसर गुमाएको छु । अहिले त्यो अवस्था छैन,’ उनले भनिन्,‘हामीजस्ता मुक्तकम्लरीका लागि कृषि कार्यालयमा खेतिको धेरै अवसर हुने रहेछ । त्यहाँबाट सहयोग मागेर तरकारी खेति गर्दै आएका छौँ ।’ कृषिले उनीहरुलाई तालिम, बीउबीजन र प्राविधिक सहयोग गर्दै आएको छ । तरकारी बिक्रीका लागि विभिन्न स्थानमा संकलन केन्द्रहरु स्थापना गरिएका छन् ।

    राजापुरकी समा चौधरीले पनि मुक्तकम्लरीहरुलाई हेर्ने दृसष्टकोणमा परिवर्तन आएको अनुभव सुनाउँछिन । मानिसको सफलताले नै हेर्न देष्टिकोण फरक हुने उनले बताईन । बेमौसमी तरकारी खेतीले आम्दानी हुन थालेको र अरुसंग पैसा माग्न नपरेपछि समुदायले आफूहलाई सम्मान गर्न थालेको उनको भनाई छ । ‘पहिलेको कुरा सम्झिदा सपनाझै लाग्छ । पहिले कम्लरी भन्थे अहिले तरकारी साहु जी भन्छन्,’ उनले विगत र हालको परिस्थिती तुलना गरिन,‘मिहनेतले पैसा कमाउन सकिन्छ । पैसाका लागि अरुको अगाडि हात थाप्न नपरेपछि सम्मान मिल्छ ।’

    राजापुर क्षेत्रमा मुक्तकम्लरीहरुको आर्थिक अवस्थामा सुधार ल्याउन पाँच वर्षअघि विभिन्न समूहरु गठन भएका हुन । त्यसअघि उनीहरु मजदुरी गर्थे । सरकारी सेवासुविधाबाट बन्चित हुने गरेका थिए । अधिया बटैया र ज्याला मजदुरीमा छाक टा¥थ्यो । त्यहाँको अवस्था अध्ययन गरी कृषि समूह गठन गरेको थियो । मुक्तकम्लरीहरुलाई महिनामा ५ रुपैयाँबाट बचत गर्न सुरु गरेका थिए । त्यसपछि समूहको शक्ति बारे उनीहरु बुझ्दै गए । समूहमा लागेका महिलाहरु सामुदयिक वन, विद्यालय व्यवस्थापन समिति, कृषी एलाइन्सको सफल नेतृत्व गरेको भन्दै उत्कृष्ट पुरुस्कार पाइसकेका छन् ।

  • २ श्रावण २०७८, शनिबार ०९:३९ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान