जसले जमिन्दार कुटेर दांगबाट पैदल भागेर बर्दिया आए - Dastabej

जसले जमिन्दार कुटेर दांगबाट पैदल भागेर बर्दिया आए


  • दस्तावेज

  • नेपालगन्ज । बढैयाताल गाउँपालिका ५ फुलवारीका ५७ वर्षीय मानबहादुर थारुको आधाभन्दा बढी जीवन कमैयामै बित्यो । मुक्तपछि उनी सडक छेउको खाली जग्गामा घर बनाएर बसेका थिए । सडक बिस्तारका क्रममा उनको घरको जग्गा कटेको छ । एकदुई धुर जग्गामा बस्न मुस्किल भएपछि विकल्प खोजिरहेका छन् । उनी ऋण तिर्न नसकेर दांगबाट भागेर बर्दिया आएका हुन । मुक्तकमैया दिवस बारे उनी  बेखबर थिए । ‘कमैयाले पनि के दिवस मनाउने हो । खुसीले पो दिवस मनाउने होला,’ उनले भने । उनले करिव ३० वर्षसम्म लगातर कमैया बसेको अनुभव सुनाए । उनका अनुसार दांगको डोरवा गाउँमा बस्दा १३ वर्षको उमेरमा कमैया बसेका थिए । जमिन्दारकहाँ काम गर्दा निकै दुव्र्यबहार खेप्न प¥यो । उनका अनुसार जमिन्दारको अत्याचार सहन नसकेर २०२८ सालतिर दांगबाट भागेर बुढाना (बर्दिया, कैलालीतिर भाग्ने चलन बढेको थियो । ‘अत्याचार सहन नसकेर जमिन्दारलाई कुटेर भागेर बर्दिया आईपुगेको हो । तर मेरो जीवनमा परिवर्तन आएन,’ उनले भने,‘बनाएको घरको जग्गा सडकमा प¥र्यौ । अब कहाँ जाने भन्ने चिन्ता छ ।’ जमिन्दारलाई कुट्नुको कारण उनले सुनाए । भएको के रहेछ भने भैंसी चराउने कमैया बिरामी परेछन् । जमिन्दारले मानबहादुरलाई दुध दुहन लगाए । अपरित भएका कारण भैसी बिच्कियो । दुध दिएन । जमिन्दारको रिसको सीमा भएन । दुध पनि दुहन आउदैन भनेर गालीगलोज गरे । उनले भैसी बिच्किएका कारण दुध नदिएको बिन्ती गरे । तर जमिन्दारले दुध जसरी पनि चाहियो भने । ‘त्यति धेरै प्रयास गर्दा पनि गाली गरेपछि मेरो पनि रिसको पारो चढ्यो । तलाई आफै दुहुनस भनेर जवाफ फर्काई दिए । मैले नै दुहुनु थियो भने साले तलाई किन राखेको भनेर फेरि गाली ग¥यो,’ उनले जमिन्दार कुटेको प्रसग कोट्याए ।

    सरकारले मुक्तकमैयालाई दिएको कतिपयको जग्गा जंगल, खोलामा परेको छ । एउटै जग्गा दुई जग्गाको नाममा दर्ता भएको छ । कित्ताकाट गर्दा साटफेर भएको छ । अर्काको जग्गा पनि मुक्तकमैयाको दर्ता हु“दा खोसिने खतरा उस्तै छ । बर्दियाका अझै पनि ६५ जना मुक्तकमैयाको पुर्नस्थापना हुन बा“की छ । कमैया महिला जागरण समाज बर्दियाका अनुसार १६ हजार २ सय ६२ कमैया परिवार छन् । ति मध्ये ११ हजार ८ सय ७५ मुक्त कमैयाले घर बनाउन जग्गा पाएका छन् । ४ हजार ३ सय ३७ जनाले घर बनाउनका लागि रकम पाएका थिए । समाजका अध्यक्ष बिस्नी चौधरीले अझै पनि बर्दियामा ६५ मुक्तकमैया परिवार अझै पनि पुर्नस्थापना हुननसकेको बताइृन । कतिपय कमैयाको जग्गा जमिन्दारहरुले खोस्न खोजेको उनले जनाईन । ‘पुर्नस्थापना भइसकेका मुक्तकमैयाहरुसंग खेति गर्ने जग्गा नभएकाले उनीहरुको जीवनस्तर माथि उस्किन सकेको छैन । पुर्नस्थापना हुन बा“की रहेकाहरुको अवस्था झन दयनिय छ,’ उनले भनिन्,‘सरकार मुक्तकमैयाहरुको अवस्था बारे बेखबर छ ।’ स्थानीय सरकार आएपछि मुक्तकमैयाको पुर्नस्थापनाका लागि जनप्रतिनिधिहरुले लिनुपर्ने उनको सुझाव छ ।

     

     

  • २ श्रावण २०७८, शनिबार ११:०६ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ४. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा