कमैयाके फुटल करम हो.. – Dastabej

कमैयाके फुटल करम हो..

२२ औ मुक्ति दिवस


  • दस्तावेज

  • नेपालगन्ज । माटीके बिछौना, माटीके ओरहैना, माटीके जनम हो
    कहे देहलो इसरा महादेव, कमैयाके फुटल करम हो ।
    (अर्थात माटोको ओचछ्यान, माटोकै ओढ्ने, किन दियो महादेव, कमैयाको जीवन)
    हरीराम चौधरी मुक्तकमैया हुन । सानैदेखि कमैया बसे । सरकारले कमैया मुक्ति घोषणा गरेको शुक्रबार २२ वर्ष पुग्यो । तर उनको अवस्थामा खासै परिवर्तन आउन सकेको छैन । फरक के भने कमैया बस्दा वर्ष दिनका लागि एक जना मालिक हुन्थे । मुक्तिपछि दैनिक मालिक फेरिन्छन् । उनी ज्यालादारीमा काम गरी परिवार पालेका छन् । कोरोनाको महामारी सुरु भएपछि घरमै छन् । ज्यालादारीको काम पनि पाउँन छोडेको छ । यसले उनलाई दैनिक छाक टार्न मुस्किल बनेको छ । ‘कमैया मुक्तिपछि घर बनाउनका लागि जग्गा पाइयो । तर खेति गर्ने जग्गा पाइएन,’ बढैयाताल गाउँपालिका वडा न. ४ नयाँ बस्तीका चौधरीले भने,‘कमैया मुक्ति भयो तर हाम्रो अवस्था पहिले कै जस्तै छ ।’ सरकारले २०५७ साउन २ गते कमैया मुक्ति घोषणा गरेपछि खुसीले उफ्रेको उनलाई अझै याद छ । टोलमा नाचगान गरे । घरबास र खेति पाउने आशले भोज खाए । तर सरकारको व्यवहारले भने निराश बनाएको छ । साउन २ गते कमैया मुक्ति दिवसलाई पुर्ब कमैयालले दुईचार वर्ष मनाए । हाल भने दिवस मनाउन छाडिसकेका छन् । ‘कमैयाबाट मुक्ति भएको दिन खुसी मनाउँथ्यो । तर अहिले मनाउन मन लाग्दैन । खेति गर्ने जग्गा पाए खुसी लाग्थ्यो,’ उनले सुनाए ।

    बढैयाताल गाउँपालिका ४ नयाँबस्तीका मीना चौधरी पनि मुक्तकमैया परिवारकी हुन । उनी पनि सरकारको व्यवहारप्रति खुस छैनन् । ‘जमिन्दारको घरमा कम्लरी बस्दा रातदिन काम गर्नु प¥थ्यो । मुक्तिपछि मजदुरी गर्नु पर्छ । खेतिकिसान गर्न पाए कमैयाको जीवनभन्दा माथि उठ्न सक्थ्यो,’ उनले भने,‘रोजकारोज काम खोज्न दिक्क लाग्छ ।’ खैरेनी जंगलमा नयाँ बस्ती बसाइएको छ । यहाँ ५० जनाभन्दा बढी मुक्तकमैयाहरुको घर छ । यहाँका मुक्तकमैयाहरु मजदुरीका लागि नेपालगन्ज पुग्छन् । मजदुरीका लागि भारतको सिम्ला, गुजरातलगायतका शहर पुग्छन् । नेपालकै काठमाडौं, पोखरा, गोर्खा, लमजुङलगायतका शहरमा काम गर्न जाने गरेका हुन । तर लकडाउनपछि उनीहरु घर फर्किएका छन् । काम नपाएर घरमै बसेका छन् । थोरबहुत भएको जग्गामा रोपाई गरेका छन् । हाल काम नपाएर फुर्सदमा बसेका छन् । मुक्तकमैया दिवसका दिन यो बस्तीमा कुनै रौनक छैन ।

     

     

     

  • २ श्रावण २०७८, शनिबार १४:२० प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश