एमाले नेपाल समूहको समर्थनमा प्रधानमन्त्री देउवाले पहिलो बैठकमा विश्वासको मत लिने – Dastabej

एमाले नेपाल समूहको समर्थनमा प्रधानमन्त्री देउवाले पहिलो बैठकमा विश्वासको मत लिने


  • दस्तावेज

  • काठमाडौँ— नेकपा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले समर्थन गर्ने आश्वासन पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आईतबार नै विश्वासको मत लिने भएका छन् । नेपालको संविधान अनुसार प्रधानमन्त्री नियुक्त भएको मितिले ३० दिन भित्रै विश्वासका मत लिनु पर्छ । तर प्रधान मन्त्री नियुक्त भएको एक साताभित्रै प्रधानमन्त्री देउवाले विश्वासको मत लिन थालेका हुन । नेकपा एमालेका दोस्रो पुस्ताका नेताहरुले पार्टीलाई एक ढिक्का गर्न १० बुंदे सहमतिसहिर्त एकताको प्रस्तावमा छलफल भइरहेकाले पछि के हुने हो भन्ने अनिश्चित भएका कारण हतारमै विश्वासको मत लिन थालिएको हो । संसद् सचिवालय स्रोतका अनुसार आनको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यसूची राखिएको छ । सर्वोच्च अदालतको आदेशले केपी ओलीको सरकारलाई बर्हिगमनमा पुर्याएपछि प्रतिनिधिसभाको आठौं अधिवेशन आइतबार ४ बजेदेखि सुरु हुँदै छ । करिब साढे तीन वर्ष सरकारमा रहेको एमाले अब प्रमुख प्रतिपक्षको हैसियतमा रहनेछ । सत्तामा कांग्रेस र माओवादी केन्द्र छन् । विश्वासको मत लिन देउवालाई १ सय ३६ मत आवश्यक पर्छ । प्रतिनिधिसभामा कांग्रेसकको ६१, माओवादी केन्द्रको ४८ (सभामुख बाहेक) एमालेको १२१ (माधव नेपाल पक्ष२३ ) (जसपा ३२ (उपेन्द्र यादव पक्ष–१९) तथा जनमोर्चा, नेमकिपा र राप्रपाको एक–एक मत छ ।

  • ३ श्रावण २०७८, आईतवार १३:२२ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश