दुई थारु युवालाई सम्मान – Dastabej

दुई थारु युवालाई सम्मान


  • दस्तावेज

  • बर्दिया । राजापुर नगरपालिका जोतपुर गाउँको नाम तथा इज्जत राख्न सफल नेतृत्व गरेको भन्दै युनिक स्पोर्ट्स् क्लब, बर्दियाले शिक्षक नरेश चौधरी र युवा नेता सिताराम थारुलाई सम्मान गरिएको छ । शिक्षक नरेश हालै नेपाल सरकार सामाजिक विकास डिभिजन कार्यालय, नेपालगन्ज, बाँके अन्तर्गत उत्कृष्ट विद्यालय र उत्कृष्ट शिक्षककोरुपमा २ लाख ५० हजार विद्यालयको तर्फबाट र. १० हजार उत्कृष्ट शिक्षकको पुरस्कार पाएका छन् । उनी हाल युवक माध्यमिक विद्यालय, जोगीगाउँका प्रधानाध्यापक हुन् । थारु यसभन्दा अगाडी युनिक नेपालको महासचिबको भूमिका निर्वाह गरेको, जंग्रार साहित्यिक बखेरीका संस्थापक सदस्य, थारु विद्यार्थी समाजका पूर्व केन्द्रिय सदस्य र थारु विद्यार्थी परिवार, महेन्द्र बहुमुखी, नेपालगन्जको सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् ।
    यसैगरी, युवा समाजसेवी सिताराम थारुले हालै मात्र नेपाली कांग्रेस लुम्बिनी प्रदेश तरुण बिभागको सदस्यमा मनोनित भएकोमा बधाई दिइएको छ । युवा नेता थारु बर्दियाली थारु विकास मञ्च, काठमाडौंका केन्द्रिय अध्यक्ष, थरुहट थारुवान युवा शक्तिका केन्द्रिय संयोजक र थारु विद्यार्थी समाज, प्रदेश नं. ५ का केन्द्रिय कोषाध्यक्षको भूमिकामा रहेका छन् ।
    शैक्षिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै कार्यक्रमका प्रमुख अतिथि भूमि सुधार तथा व्यवस्था पूर्व मन्त्री एवं युनिक नेपालका संरक्षक डा. गोपाल दहितले दोसल्ला ओढाएर सम्मान गरे । उनले युवाहरुले आफ्नो गाउँ ठाउँको परिवर्तनका लागि यसरी नै लागि पर्नुपर्ने र आफ्नो साथ जहिले पनि रहने बताए । उक्त कार्यक्रम युनिक स्पोटर््स् क्लबका अध्यक्ष रामस्वरुप थारुको अध्यक्षता सम्पन्न भएको थियो ।

  • ३ श्रावण २०७८, आईतवार १५:५४ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु
  • ७. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर