भीम रावलले सांसद पदबाट दिए राजीनामा – Dastabej

भीम रावलले सांसद पदबाट दिए राजीनामा


  • दस्तावेज

  • काठमाडौँ — एमाले विवाद समाधान कार्यदलका सदस्य भीम रावलले पार्टीको आन्तरीक द्धन्द्धलाई मध्यनजर गर्दै सांसद पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाको बैठक बसेकै दिन आईतबार उनले सभामुख अग्नीप्रसाद सापकोटा समक्ष राजीनामा बुझाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आजैको प्रतिनिधिसभा बैठकबाट बिश्वासको मत लिने पुर्ब सन्ध्यामा राजीनामा बुझाएका हुन । रावलले संघीय संसद्‌ भवनबाहिर पत्रकारमाझ राजीनामा पत्र वाचन गरी सभामुख सापकोटालाई राजीनामा बुझाएर फर्किएका छन् । रावल अछाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा निर्वाचित भएका थिए । तर एमाले वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन तयार देखिएका छन् । अध्यक्ष केपी ओली पक्षले भने संसदीय दलको बैठकबाटै देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

  • ३ श्रावण २०७८, आईतवार १६:५२ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ३. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ६. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ७. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन