बर्षाले किसान खुस, भन्छनः बर्षा हाम्रो लागि सुनजस्तै भो – Dastabej

बर्षाले किसान खुस, भन्छनः बर्षा हाम्रो लागि सुनजस्तै भो


  • शम्भुप्रसाद थारु

  • नेपालगन्ज । रोपाईपछि एक महिनासम्म बर्षा नहुँदा आजित बनेका किसान पानी पाएपछि निकै खुसी भएका छन् । ढिलो गरी भएको बर्षाले उनीहरुलाई ठूलो राहात पुगेको छ । लामो खडेरीपछि भएको बर्षालाई किसानहरुले सुनजस्तै भएको प्रतिक्रिया दिएका छन् । शुक्रबार रातीदेखि भएको बर्षाले किसानहरु निन्दा्रबाट व्युझिएका थिए । अनिन्द्रित किसानलाई कतिखेर बिहान हुन्छ र खेतमा जान्छु भन्ने अभास भएको थियो । खेतमा पुग्दा पानी नपाएर सक्न थालेर पहेलो भएको धान हरियो भएको देख्दा दंग परे । पानीले धानको मुहार फेरिएसंगै किसानको मुहारमा मुस्कान छाएको छ ।

    (पानीसंगै बहने हावाले खेतको हरियो धान हल्लाउदा खेतमा धान लहालाहा भएको देख्दा किसानहरुको मन खेतमै बहलाएको छ, बाँके हिरमिनियाका किसान जयपाल मौर्यले भने, यो पानी होइना सुन हो । यो पानीले सुकेर खैरो, पहेलो भएको धान अहिले हरियो भएको छ ।) लामो समयदेखि वर्षात् नभएको बाँके लगायत्को पश्चिम तराईमा शुक्रबार रातीदेखि बर्षात् सुरु भएको छ । करिब एक महिनाको खडेरीले तनावमा रहेका किसानहरु बर्षापछि राहत महसुस गरेका छन् । असारको शुरुमै वर्षा भएपनि त्यसपछि भने बाँकेमा पानी नपर्दा खेतमा रोपिएको धान सुक्दै गएको थियो । पानी अभावमा धान रोपेको खेतमा धाँजा फाट्दै जाँदा किसान चिन्तित भएका थिए । रोपाईको बेलामा राम्रो पानी परेपनि एक महिना लामो समयको खडेरीले किसानले रोपेको धान सुक्न लागेको थियो भने कतिपय किसानको रोपाई पनि रोकिएको थियो । हाल किसानहरुको खेतमा पानीले भरिएको छ । यो पानीले धानलाई राहात भए पनि प्रयाप्त नभएको बाँके जानकी ५ का अगुवा किसान मनमोहन बर्माले बताए । पानी पर्दा हर्षित बनेका बर्माले यति पानीले धान नुहने बताए । पानी अझै परे राम्रो हुने उनको भनाई छ । खडेरीका कारण अगाडि रोपेका धानको उत्पादन पनि घट्ने बर्माको अनुमान छ । असारको पाहिलो भएको बर्षाले अधिकांस किसानहरुले धान रोपाई गरेका थिए । तर पछि रोपाई गर्ने किसानहरुले पानी नपर्दा बोरिङ्ग लगाएर धान रोपेका थिए । पहिले रोपाई गरेका किसानहरुको धान सुक्न थालेपाछि बोरिङ्गले खोलानाला तालतलैया र नहरबाट समेत धानमा पानी हालेका थिए ।

    धानको लागि अझै समय भएकाले झारपात उखेलेर गोडमेल गरेर उत्पादन बढाउन सकिने कृषि पा्रबिधिकहरुले बताए । पानी परिसकेका पछि धानको गाँज मोटो बनाउनका लागि युरिया छर्नु पर्छ, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले भने । बाँकेमा हालसम्म ८५ प्रतिशत रोपाइँ भएको छ । वर्षा नभएका कारण १५ प्रतिशत रोपाइँ हुन बाँकी छ । बर्षा भएपछि अव बाँकी रोपाइँ पूरा हुने कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख ढकालले बताए । बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धान खेती हुदै आएको छ । बाँकेमा प्रतिहेक्टरमा ४.३ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । सिक्टा सिँचाइ आयोजनाले पश्चिम नहरमा पानी छाडेकाले कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाको केही भेगका किसानले खेतमा पानी हाल्न पाएका छन् । सिक्टा नहर पूर्णरूपमा सञ्चालन नभएका कारण अधिकांश किसान आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ ।

  • ३ श्रावण २०७८, आईतवार १७:४३ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ