३२ वर्षमा २८ सरकार, १५ वर्ष कांग्रेस र ७ वर्ष एमाले नेतृत्व  - Dastabej

३२ वर्षमा २८ सरकार, १५ वर्ष कांग्रेस र ७ वर्ष एमाले नेतृत्व 

अहिलेसम्म कांग्रेस १३ र एमाले १४ पटक सरकारमा


  • दस्तावेज

  • काठमाडौँ — प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा एमालेका तर्फबाट सांसद प्रदीप ज्ञवालीले बोले । उनले एमाले प्रतिपक्षमा बस्न अभ्यस्त रहेको उल्लेख गर्दै आफ्नो दलको पहिचान दिलाउन खोजे ।तर तथ्यले एमाले सत्ताको मामिलामा कांग्रेसभन्दा कमजोर नरहेको देखाउँछ । २०४७ यता एमाले ७ वर्ष नेतृत्वसहित १६ वर्ष १ महिना सरकारमा बसेको छ । वाममोर्चाका तर्फबाट २०४७ सालको अन्तरिम सरकारमा सामेल एमालेको शासकीय संलग्नता राप्रपा नेता लोकेन्द्रबहादुर चन्द र तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट ‘प्रतिगमन आधा सच्चिएको’ सरकारमा समेत थियो । मनमोहन अधिकारीको अल्पमतको एकलदेखि केपी शर्मा ओली नेतृत्वको करिब दुई तिहाइ बहुमतको सरकारसम्मको नेतृत्वसमेत एमालेले गरेको छ ।

    यसबीचमा एमालेबाट चार जना प्रधानमन्त्री भइसकेका छन् ।अहिलेसम्म एमालेबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री बनिसकेका छन् । एमाले १४ पटक सरकारमा गएको छ ।यो बीचमा कांग्रेस १५ वर्ष ८ महिना नेतृत्वसहित २० वर्ष सरकारमा बसेको छ । मूलधारमा आएको १५ वर्ष मात्र भए पनि माओवादी १० वर्ष ५ महिना सरकारमा बसेको छ । 

    www.ekantipur.com
  • ४ श्रावण २०७८, सोमबार ११:१६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार