कोहलपुरमा ८२ बर्षीया बृद्ध महिलाको हत्या घटना,प्रहरी अनुसन्धानले भन्छः ‘बदला लिन’ – Dastabej

कोहलपुरमा ८२ बर्षीया बृद्ध महिलाको हत्या घटना,प्रहरी अनुसन्धानले भन्छः ‘बदला लिन’


  • दस्तावेज

  • नेपालगन्ज । गत शनिबार राति कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित घरमा सुतिरहेको अवस्थामा राती ८२ वर्षीया साउनी कार्कीको हत्या घटनामा बाँके प्रहरी अनुसन्धानको अन्तिम चरणमा पुगेको छ । उक्त घटनाको अनुसन्धानका लागि कोहलपुर प्रहरीले कम्तिमा पनि एक दर्जन व्यक्तिहरुसंग सोधपुछ गरेको छ । कतिपयलाई सोधपुछ गरी छाडिएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रबीन्द्र खनालका अनुसार पक्राउ परेका मध्ये दुई जना बढी शंकास्पद रहेको बताए । उनले ८२ वर्षीया साउनीको हत्या बदला लिनका लागि भएको जस्तो अनुसन्धानबाट खुलेको छ । अहिलेसम्मको अनुसन्धानले.चोरी गर्नका लागि हत्या भएको जस्तो देखिदैन, उनले भने,घटनाको निकै नजिक पुगिसकेका छौँ । एक दुई दिनमै सबै कुरा खुल्छ ।
    हत्यापछि साउनीको घाँटीमा लगाएको तिलहरी हराएको थियो । तिहलरी चोरी गर्ने उदेश्यले घटना घटाइएको होईन । मेन उदेश्य नै बदला लिनका लागि भएजस्तो छ, डिएसपी खनाल भन्छन् । हत्या गरिएका साउनी वाइसीएल बाँकेका संयोजक आकाश कार्कीको आमाको हुन ।

  • ४ श्रावण २०७८, सोमबार १३:१६ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ४. पाटे बाघसंग जम्का भेट भएपछि…..
  • ५. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ६. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ७. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)