बाँकेमा मातृ मृत्यु बढ्यो, एक वर्षमा २४ आमाले गुमाए ज्यान – Dastabej

बाँकेमा मातृ मृत्यु बढ्यो, एक वर्षमा २४ आमाले गुमाए ज्यान

दस्ताबेज फ्लोअप


  • दस्तावेज

  •  

    नेपालगन्ज— एक वर्षमा बाँकेमा २४ सुत्केरीको मृत्यु भएको छ । सबैभन्दा बढी डुडवामा ७ आमाको मृत्यु भएको हो । कोरोनाका कारण र अस्पताल आउन ढिलाई भएका कारण सुत्केरी मृत्यु बढेको हो । कतिपयको अस्पताल ल्याउँदा बाटोमै र केहीको घरमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जानकी गाउँपालिकाका तीन जनाको अस्पतालमा र एक जना सत्केरीको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको छ । त्यस्तै डुडुवा गाउँपालिकको ७ सुत्केरी मध्ये ४ जनाकोे अस्पतालमा, एक जनाको अस्पताल ल्याउँदै गर्दा, एक जनाको घरमै सुत्केरी हुँदा र एक जना सुत्केरीको भारतको अस्पतालमा मृत्यु भएको हो । बैजनाथ गाउँपालिककका ५ सुत्केरी मध्ये ४ जनाको अस्पतालमा र एक जनाको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । नरैनापुर गाउँपालिकाका ५ सुत्केरी मध्ये एक जनाको अस्प्ताल लैजादै गर्दा बाटोमा, एक जनाको घरमा र तीन जनाको भारतमा मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका १ जनाको अस्पतालमा एक जनाको घरमै सुत्केरी हुँदा मृत्यु भएको छ । खजुरा गाउँपालिकाका एक जना सुत्केरीमा अस्पतालमा मृत्यु भएको हो ।
    यति ठूलो संख्यामा सुत्केरी मृत्यु भएपछि जिल्ला स्वास्थ्य कार्यालय बाँकेले मातृ मृत्युको कारण जान्न परिवारसंग सोधपुछ गर्दै आएको छ । परिवारसंगको छलफलमा ढिलो गरी अस्पताल पुगेको जानकारी पाएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताए । कोरोनाको महामारीका कारण अस्पताल आउन ढिलाई गर्दा मातृ मृत्यु दर बढेको हो । ‘एक वर्षमा २४ आमाको ज्यान जानु निकै दुख्द घटना हो । यस्ता घटनाले सुत्केरीहरु असुरक्षित भएको देखिन्छ,’ उनले भने,‘कोरोनाका कारण सकेसम्म घरमै प्रसुती हुन खोज्ने बढेका छन् । तर स्वास्थ्य अवस्था जटिल बनेपछि मात्रै अस्पताल ल्याउने गरिएकाले मृत्यु बढी भएको अनुमान छ । कोरोना महामारी कै कारण गत वर्षभन्दा यो वर्षमा २० प्रतिशत गर्भवतीहरु घरमै सुत्केरी हुन थालेका छन् । त्यस्तै प्रसुती हुन नसकेर अन्तिम अवस्थामा पुग्ने गरेका कारणले पनि सुत्केरी मृत्यु बढेको हो ।
    स्वास्थ्य मन्त्रालयले १३ देखि ५५ वर्षका मृत्यु भएका महिलाहरुको कारणसहित जानकारी लिने गरेको छ । त्यसका लागि महिला स्वयंमसेविका मार्फत नजिकको स्वास्थ्य केन्द्रहरुले लिने गरेको छ । सरकारले मातृ तथा शिशु मृतु घटाउन बाँकेमा बिशेष कार्यक्रम सन्चालन गर्दै आएको छ । स्वास्थ्य कार्यालयका अनुसार पहिलो वा दोस्रो पल्ट गर्भवती परिक्षण गराएर महिलाले बिचमै छाड्ने गरेको पाइएको छ । कोरोनाका कारणले पनि कमै सर्वसाधारणहरु स्वास्थ्य केन्द्र पुग्ने गरेका छन् । जिल्लामा तीन प्राथमिक स्वास्थ्य केन्द्र र ४४ वटा स्वास्थ्य चौकी छन् । स्वास्थ्य चौकीहरुमा प्रसुती केन्द्र बनाइएका छन् । स्वास्थ्य केन्द्रको सम्पर्कमा रहेका गर्भवती महिलालाई समयमै सुत्केरीका लागि अस्पताल पठाउन निर्देशन गरिएको छ ।

  • ४ श्रावण २०७८, सोमबार १६:५९ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश