चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा मृत फेला - Dastabej

चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा मृत फेला


  • दस्तावेज

  • चितवन — चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा मृत फेला परेका छन् । आइतबार निकुन्जको फरकफरक स्थानमा एउटा बच्चा र अर्को करीव ३० वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले बच्चा गैंडालाई बाघले आक्रमण गरेर मारेको जनाएका छन् । दुई महिनाको भाले गैंडाको बच्चा निकुञ्ज मुख्यालय कसरा नजिक जंगलमा मृत भेटिएको छ । उक्त निकुन्जमा गएको आर्थिक वर्षमा ३२ वटा गैंडाको मृत्यु भएको छ । ति मध्ये चारवटा गैंडा तस्करहरुले मारेको निकुन्जले जनाएको छ । नेपालमा रहेका ७५२ गैंडामध्ये चितवनमा मात्रै ६९४ वटा छन् ।

  • ४ श्रावण २०७८, सोमबार १८:०५ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार