घरेलु मदिरा पिएका चार मजदुरको मृत्यु, दुई गम्भीर - Dastabej

घरेलु मदिरा पिएका चार मजदुरको मृत्यु, दुई गम्भीर


  • दस्तावेज

  • बागलुङ — घरेलु मदिरा प्रयोग गरेका गलकोट नगरपालिका–७ को मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने चार जना मजदुरको मृत्यु भएका्े छ । मृत्यु हुनेमा रोल्पाको सुनील स्मृति गाउँपालिका५ का ३० वर्षीय प्रविन घर्ती, ५१ वर्षका रेखबहादुर राना, २१ वर्षका दीपेन्द्र पुनमगर र ३९ वर्षको दूधबहादुर राना रहेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए । उनका अनुसार उनीहरुको बिहान साढे ४ बजे मृत्यु भएको हो । अरू दुई मजदुर गम्भीरछन् । उनीहरूले सोमबार बेलुकी घरेलु मदिरा प्रयोग गरेर सुत्न हिडेका बेला विरामी परेपछि उपचारका लागि राति नै धौलागिरि अस्पताल लगिएको प्रहरीले जनाएको छ । गम्भीर बिरामी रहेकामा २६ वर्षीय रवीन्द्र पुन र ३८ वर्षीय खेमराज घर्ती छन् । उनीहरूको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

  • ५ श्रावण २०७८, मंगलवार ११:१९ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार