बाँके । बाँके प्रहरीले नेपालगन्ज ११ ठटेरियन टोलबाट सहोदर बुबाछोरालाई लागुऔषध कारोबार गरेको अरोपमा पक्राउ गरेको छ । लागुऔषधको कारोवार भई रहेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगन्ज र लागु औषध नियन्त्रण व्युरोबाट खटिएको प्रहरी टोलीले जिल्ला बाँके नेपालग्नज १५ का ६१ को गुन्नु कबडिया र १८ को राहुल कबडियालाई२ ग्राम १०० मिलि ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ र श्रोत नखुलेको नगद पाँच लाख पन्ध्र हजार पाँच सय उनीहरुबाट बरामद गरेको छउनीहरुमाथि आवश्यक कारवाही एंव अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।