नेपालगन्ज नाकामा स्थायी हेल्थ डेस्क सन्चालन – Dastabej

नेपालगन्ज नाकामा स्थायी हेल्थ डेस्क सन्चालन


  • दस्तावेज

  •  

    नेपालगन्ज । जमूनाह नाकामा स्थायी हेल्थ डेस्क मंगलबारदेखि सन्चालनमा आएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, बाँकेका प्रमुख जिल्लाा अधिकारी शिवराम गेलाल र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मीले हेल्थडेस्कको नवननिर्मित भवनको मंगलबार उद्घाटन गरे ।

    कोरोना, डेङ्गु, मलेरिया लगायतका सङ्क्रमक रोगको नियन्त्रणका लागि नाकामा हेल्थ डेस्क स्थापना गरिएको नगर प्रमुख डा. राणाले बताए । देशभरका १३ वटा नाका मध्ये स्थायी प्रकृतिको हेल्थडेस्क सन्चालन आएको नेपालगन्जमा पहिलो पटक हो । नयाँ भवनबाट सेवा दिने हेल्थ डेस्कमा चिकित्सक, ल्याब टेक्निसियन सहितका स्वास्थ्यकर्मीहरु खटिन भएका छन् । भारतबाट फर्किनेहरुको स्वास्थ्य परीक्षण(स्क्यानिङ) र आवश्यकता अनुसार परीक्षण गरिनेछ ।

    ५१ लाख ३१ हजार रुपियाँको लागतमा करिब तीन महिनामा प्रिपेफको भवन निर्माण सम्पन्न गरिएको छ । हेल्थडेस्कको केही भाग ईलाका प्रहरी कार्यालय जमूनाहले समेत प्रयोग गर्ने उपप्रमुख उमा थापा मगरले जानकारी दिईन ।

     

     

  • ५ श्रावण २०७८, मंगलवार २३:१३ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु